News Portal

सभामुख टुंगो लगाउन नेकपालाई सकस, तुम्बाहाम्फेको विपक्षमा ओली

रातोपोस्ट संवाददाता
४३४ पटक

काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टीलाई नयाँ सभामुखको उम्मेदवार टुंगो लगाउन सकस भएको छ ।  शुक्रबारका लागि प्रतिनिधिसभाको बैठक बोलाइए पनि नेकपाले सभामुखको उम्मेदवार टुंगो लगाउन सकेको छैन ।

सभामुख बन्नुपर्ने अडान उपसभामुख शिवमाया तुम्बाहाम्फेले राखेकी छन् । तर, प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओली संसदीय दलका उपनेता सुभाषचन्द्र नेम्वाङलाई बनाउनुपर्ने पक्षमा रहेका छन् ।

भने अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ अग्नि सापकोटालाई सभामुख बनाउनुपर्ने अडानमा रहेका छन् ।

निर्णय गर्ने ठाउँमा रहेका अध्यक्षद्वयले नै आ–आफ्नो अडान राखेपछि सभामुख चयनमा सहमति जुट्न सकेको छैन ।  नेपाल समाचारपत्रमा

प्रतिकृया दिनुहोस्