News Portal

एमएम कप : खेलाडी छनाेटमा प्रदेश १ काे चरम लापरबाही,खेलाडीनै अम्पायर ,छनाेट समितिको अनुपस्थिती।

रातोपोस्ट संवाददाता
१८२२ पटक

झापा ।मनमोहन मेमोरियल क्रिकेट सेन्टर प्रदेस न.१ कमिटी र इनरुवाको आयोजनामा इनरुवा रंगशाला , सुनसरिमा आगामी पौष १५ देखि माघ ४ गतेसम्म सञ्चालन हुने दोश्रो संस्करणको ‘मनमोहन रास्ट्रीय एकदिवसीय क्रिकेट लिग’(एमएम) कपमा सहभागी प्रदेश नम्बर १ ले खेलाडी छनाेटमा विभिन्न बहानाबाजी गर्दै चरम लापरबाही भएको पाइएको छ।

पटकपटक खेलाडी छनाेटमा विवादमा पर्ने गरेको प्रदेश नम्बर १ ले यसपटक अझै चरम लापरबाही गरेको एनसिएसएस झापाका जिल्ला संयाेजक प्रविण अधिकारीले बताए। प्रदेश नम्बर १ क्रिकेट बिकास समितिका प्रशिक्षक प्रदिपराज पाण्डे र कोषाध्यक्ष विरु श्रेष्ठले एक सुचना जारी गर्दै प्रदेश १ का छनाेट खेलाडीलाई पाैष १ र २ गते बन्द प्रशिक्षणका लागि भन्दै सुचना जारी गरेपछि नेपाली क्रिकेट सपाेर्टर साेसाइटि (एनसिएसएस)झापाले उक्त निर्णयको विराेध गर्दै  स्वस्फूर्त ढंगले जिल्ला सेलेक्सन गराएर मात्रै प्रदेशकाे छनाेट गर्न प्रदेश कमिटिलाई जानकारी गराउँदै उनले फेसबुक मार्फत एक स्टाटस समेत लेखेका थिए।

छनाेट समितिले जारी गरेको सुचना

यस्तो थियोे संयाेजक अधिकारीकाे स्टाटस

राज्य माफियाहरुकाे चंगुलमा परिसकेपछि त्यसका सम्पुर्ण संयन्त्रहरु पनि माफियाकरण हुन्छ भन्ने धेरै घटनाहरुले बुझाइसकेको अवस्था छ।तर बेलाबखत कैले खुसिले आँसु बगाइदिने त कहिले दिनरात दुखि बनाईदिने ,कहिले मुटुकाे धड्कन बढाएरै भएपनि आज देशको इज्जत धानेकाे छ भने त्यो नेपाली खेलकुदले हो र त्यो पनि नेपाली क्रिकेटले।
आज देश संघीय संयन्त्र अनुरुप चलिरहेको छ र सातवटै प्रदेशमा नेपाली क्रिकेटमा भविष्य खाेज्दै धेरै युवाहरु विद्यालय नगएर ब्याट र बल बाेकेर खेलकुद मैदानतर्फ लम्किरहेकाे हामीले देखेका छाैँ।
तर पटकपटक मेरै मुखबाट सँधै यहि बिषयमा रहेर टीकाटिप्पणी गर्नुपर्दा त्यो पनि प्रदेश नम्बर १ मा प्रत्येक पटक बिराेध गर्नुपर्दा नरमाइलो लाग्छ।धेरै सँग धेरैपटक दुश्मनी साँध्नुपरेकाे तिताे यथार्थ मसँग छ ।कहिलेकाहीँ सम्झन्छु,हाेस नबाेलउँ किन छुचाे हुनु तर मनले कदापि मान्दैन र सम्झन्छ पढाइ छाडेर क्रिकेटको ब्याट समातेका भाइ बहिनिहरुलाई। क्रिकेटमा भविष्य खाेजिरहेका भाइबहिनी हरु माथिको अन्याय सहनु भनेको आफै त्यसमा सामेल हुनु जत्तिकै हो ।
आज प्रदेश नम्बर १ क्रिकेट बिकाश समितिले इनरुवामा यहि पाैष महिनाको १५ गतेदेखि सञ्चालन हुन लागेको एम.एम कपमा जिल्लाबाट सेलेक्सन भएका खेलाडिहरुलाई १ र २ गते बन्द प्रशिक्षण गराइने सुचना जारि गरेको पाएँ।
म यस बिषयमा अन्जान रहेँ एमएम कपका लागि जिल्ला छनाेट कहिले भयो ?खुलदुलि लाग्यो जारि सुचनाकाे कमेन्ट पढेँ।झापा जिल्लाका पदाधिकारी हरुनै अन्याेलमा रहेकाे स्पस्ट भएँ।आखिर कहिलेसम्म खेलाडीहरु तथा खेलप्रेमिहरु माथि यस्तो अन्याय हुन्छ?कहिलेसम्म मनपरि चलिरहन्छ?केही खेलाडीलाई समेत साेधपुछ गरेँ धेरैले थाहाछैन भन्ने जवाफ दिए। यश विषयमा खास कुरा के हाे जानकारी पाउनुपर्‍यो हामी सबैले ।हामिले देखेकाे ,सुनेको गलत हाेकि मनपरितन्त्र कायमै राखिएको हो ?

उनको यो लेखपछि एकाएक सबै क्रिकेट प्रेमि तथा खेलाडीहरुकाे ध्यान खिचियाे र यो विषय अझै  बिबादास्पद बन्यो ।

त्यसपश्चात नेपाली क्रिकेट सपाेर्टर साेसाइटि (एनसिएसएस)झापाले जिल्ला क्रिकेट संघ झापाका अध्यक्ष प्रविन थापालाई सम्पर्क गर्दा उनले आफूलाई उक्त बिषयमा जानकारि, नभएको बताए ।

उनले प्रदेश १ का काेषाध्यक्ष विरु श्रेष्ठले जारी गरेको सुचनामा जाेन काे सेलेक्सनकि क्षेत्रकाे सेलेक्सन भनी कमेन्ट समेत गरेका थिए।

उनको यहि कमेन्टलाई आधार मान्ने हो भने क्षेत्रले जिल्लालाई समेत जानकारी नगराएको देखिन्छ।

पाैष १ गते झापाकाे काकडभिट्टा स्थित खेलमैदानमा केही खेलाडीहरु उपस्थित भएपनि उल्लेख्य मात्रामा खेलाडीहरु उपस्थित भएका थिएनन् ।

झापा ,माेरङ र उदयपुरबाट केही खेलाडी उपस्थित भएका भएपनि अधिकांश खेलाडी झापा जिल्लाकै थिए। बन्द प्रशिक्षणकाे बिषयमा बुझ्न आफैँ मैदानमा पुगेको एनसिएसएस का जिल्ला संयोजक अधिकारीले  बताए ।

मैदानमा गएर उक्त बिबादास्पद छनाेट नगर्न बताएपछि प्रदेश १ का कोषाध्यक्ष विरु श्रेष्ठले अध्यक्षकाे आदेशमा सबै गरेको र आयोजककाे दबाबमा हतार हतार छनाेट गरेर नाम पठाउन परेको  बताएका थिए।

उनले बाँकी खेलाडीलाई भाेलिपल्ट पाैष २ गते लिएर आउन भन्दै आफ्नोतर्फबाट गल्ति स्विकार गरेका थिए।

भाेलिपल्ट एनसिएसएसका जिल्ला संयाेजक अधिकारीले झापाका केही उत्कृष्ट खेलाडीलाई लिएर मैदान पुगेपनि त्यहाँ काेहि उपस्थिति थिएनन् ।

खालि मैदान

त्यसपश्चात प्रदेश १ का प्रशिक्षक प्रदिपराज पाण्डेलाई सम्पर्क गर्दा उनले ताेकिएकै स्थानमा बन्द प्रशिक्षण भएको जिकिर गरेभने सबैलाई जानकारी भए नभएको बिषयमा आफू जानकार नरहेको बताए ।

काकडभिट्टा खेलमैदानमा बिबाद आउने देखिएपछि छनाेट समितिले आफु मातहतका खेलाडीलाई मात्रै सम्पर्क गरेर बिना सुचना चन्द्रगढिमा खेलाडीहरुलाई बाेलाएकाे पाइयो ।

यस बिषयमा बुझ्न चन्द्रगढि स्थित  मैदानमा हाम्रो टिम पुगेको थियोे ।त्यहाँ पुग्दा अचम्मित दृश्य देखियो ।जहाँ छनाेटमा उपस्थिति खेलाडीहरुनै अम्पायरकाे भुमिका निर्वाह गरिरहेका थिए भने उनिहरु एकआपसमा विवाद समेत गरिरहेका थिए।

त्यसपश्चात पुन हाम्रो टिमले प्रशिक्षक प्रदिपराज पाण्डेलाई सम्पर्क गर्दा पुन उनले यश बिषयमा आफू जानकार नरहेको र आफ्नो उपस्थिति नभएको बताए ।

उनले आयाेजकले २ दिनभित्र खेलाडीको नाम लिष्ट मागेकाले हतारमा छनाेट गर्नुपरेको कारण यो सबै भएको बताए।

छनाेट समितिकाे यस्तो चरम लापरबाही ,उनिहरुकाे अनुपस्थित बिना खेलाडीहरु आफैंले अम्पायरकाे भुमिका निर्वाह गर्नुपर्ने भए छनाेट समितिकाे काम के त?के यहि पाराले प्रदेश १ काे क्रिकेटले छलाङ मार्ला त?कि राजनितीले गाँजेको हाे प्रदेश १लाई?हामिले मनमनै प्रश्न उठायाैँ।

यस बिषयमा हामीले प्रदेश १ क्रिकेट बिकाश समितिका अध्यक्ष सँग सम्पर्क प्रयास गरेपनि उनिसँग भने हाम्रो सम्पर्क हुन सकेन।

छनाेटताका तुरुन्तै आयाेजकलाई नाम लिष्ट बुझाउनुपर्ने भएको कारण छनाेट पारदर्शी हुन नसकेको बताएको छनाेट समितिले आजसम्म पनि छनाेट भएका खेलाडीहरुकाे नाम सार्वजनिक गरेको छैन।

उता आयाेजकले भने आफुहरुले समयमै प्रदेश समितिलाई जानकारी दिएकाे बताएको छ।

प्रतियोगितामा नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, एपिएफ, प्रदेस न १, २, ३, ४, ५, ६ , ७ र मलेसिया रास्ट्रीय क्रिकेट टिम सहित आयोजक टिम गरि कुल १२ टिमहरुको सहभागीता रहनेछ |

यति ठुलो प्रतियोगितामा चरम लापरबाही हुँदाहुँदै र विवाद उत्पन्न हुँदा समेत सम्बन्धित निकार माैन बसेपछि क्रिकेट बिकासका नाममा चरम राजनिती रहेको स्पस्ट बुझ्न सकिन्छ।

 

प्रतिकृया दिनुहोस्