News Portal

विप्लवका केन्द्रीय सदस्य उमा भुजेलसहित ४ जना गिरफ्तार 

रातोपोस्ट संवाददाता
७६८ पटक

इटहरी : नेपाल कम्युनिस्ट पार्टी विप्लवकी केन्द्रीय सदस्य तथा मेची-कोशी व्यूरो इञ्चार्ज उमा भुजेलसहित ४ जना नेता गिरफ्तारमा परेका छन्।

नेकपा बिप्लवको मेचीकोशी इन्चार्जसहित ४ जनालाई प्रहरीले बिराटनगरबाट गिरफ्तार  गरेको हो।

शुक्रबार साँझ बिराटनगर महानगरपालिका २ को सोमबार हाटबाट दुईजनालाई  गिरफ्तार गरेलगत्तै बिहान मेची कोशी इन्चार्जलाई गिरफ्तार गरेको हो।

यसरी गिरफ्तार पर्नेमा गोरखा घर भएकी नेकपा बिप्लवकी केन्द्रीय सदस्य तथा मेची कोशी इन्चार्ज उमा भुजेल, मोरङ इन्चार्ज नरेश चौलागाइँ र मेची-कोशी व्यूरो कार्यालय सचिव सुमन सिंह पौडेल ,क्षितिज पौडेल रहेका छन्।

भुजेल र सिंहलाई सुनसरीको चक्रघट्टीबाट चौलागाई र पौडेललाई बिराटनगरको सोमबारे हाटबाट गिरफ्तार गरेको प्रहरीले जनाएको छ।

मेची-कोशी व्यूरो इञ्चार्ज भुजेल शान्ति सम्झौतापछि बनेको अन्तरिम ब्यवस्थापिकाको सदस्य तथा पहिलो संविधानसभाको सदस्य थिइन्।

 

प्रतिकृया दिनुहोस्