News Portal

वडा विकासमा चासाे राख्दै समाजसेवि घिमिरे,जनप्रतिनिधिलाई लेखे पत्र

रातोपोस्ट संवाददाता
७७० पटक

झापा।झापाको मेचिनगरमा रहेर निरन्तर समाजसेवी गर्दै आइरहेका फणीन्द्र घिमिरेले वडा बिकासमा चासाे राख्दै आफ्नाे फेसबुक मार्फत वडा अध्यक्षलाई सम्बोधन गर्द पत्र लेखेका छन्।

मेचिनगरमा हुने हरेक घटनाक्रममा चासाे राख्ने गरेका घिमिरे एक निडिर ब्यक्ति समेत मानिन्छन् ।उनी समाजमा भएको हरेक राम्रो तथा नराम्रो कामको तुरुन्तै टीकाटिप्पणी गर्ने गर्छन्।तिनै घिमिरेले वडा अध्यक्षलाई सम्बोधन गर्दै लेखेकाे पत्र हामिले यहाँ प्रस्तुत गरेका छाैँ।

यस्तो छ घिमिरेकाे पत्र

वडा विकासम मेरो चासो …

श्रीमान वडा अध्यक्ष ज्यू मिति :२०७६/०९/११
मेचीनगर -0६ , काकरभिट्टा
१ नम्बर प्रदेश , झापा ( नेपाल )

विषय : ध्यानाकर्षण सम्बन्धमा ।

महोदय ,
प्रस्तुत विषयमा यस वडाको अभिभावकको रूपमा निर्वाचित भइ तपाईं यस वडामा बिराजमान भएको करिबकरिब ३ वर्ष हुन लागेको र यस अवधिमा तपाईंबाट केही आशा लाग्दा कामहरू समेत भएको जनमानसमा छदैछ । तर यस वडा मेचीनगरको १५ वटै वडा मध्ये सबैभन्दा बढी कर संकलन गर्ने वडाको रूपमा रहेको र अति संबेदनसिल स्थान भारतको पुर्वी नाकामा अवस्थित समेत रहेकोले यस वडालाई अन्य वडाको तुलनामा बढी जिम्मेवारी रूपमा हेरिएको छ । र यस अवधिमा वडाले मोटामोटी नगरबाट विकास बजेटको नाममा ३ करोड ७० लाख प्राप्त गरिसकेको छ भने यस वडाको विकासको लागि प्रदेश तथा केन्द्र सरकारबाट पनि मोटामोटी ५ करोड र नगरपालिकाले छुट्टै ४ करोड जति बजेट यस वडामा यो अवधिमा खर्च गरेको देखिन्छ तर त्येसको बावजुत सोचे अनुसार दिगो विकासीय कार्यहरू भने भएको देखिदैन त्येसैले म यहीँ वडाको बासिन्दा भएको नाताले श्रीमान समक्ष केही विषयमा ध्यानाकर्षण गराउन चाहान्छु ।

१) हाल सम्म यस वडामा नगर,प्रदेश र केन्द्र सरकारको गरि १२ करोड ७० लाख रकम आएको देखिन्छ र सोही अनुपात काम पनि भएको कागजले देखाउछ तर दिगो काम भएको भने देख्न सकिदैन त्येसैले रकम अनुसारको दिगो काममा मात्र बजेट विनियोजित गर्न हुन आग्रह गर्न चाहान्छु ,

२) सिङ्गडे तालिम र बजेटको दुरुपयोग गरिने गरि गरिने १५ दिनेभन्दा कम अवधिका तालीम तथा अन्य कार्यक्रममा बजेट विनियोजितमा रोक लगाई दिनुहुन आग्रह गर्न चाहान्छु ,

३) एउटै सस्था तथा क्लबहरुलाई एक स्थान भन्दा बढी स्थान बाट बजेट दिने परिपाटी बन्द गर्ने नियम बनाई दिनुहुन आग्रह गर्न चाहान्छु ,

४) विशेष परिस्थिति छोडेर कुनै पनि क्षेत्रमा वर्सैपिछे लगानी नगरी दिनुहुन आग्रह गर्न चाहान्छु ,

५) यस वडामा भएका कामहरूको अनुगमन गरि अर्धवार्सिक रूपमा मुल्यांकन गरि सार्वजनिक गर्ने परिपाटीको विकास गरि दिनुहुन र

६) वडाको सिमानकन नक्सा तथा वडा जनप्रतिनिधिहरुको दायरा किटान गरि सार्वजनिक गरि दिनुहुन आग्रह गर्न चाहान्छु।

उल्लेखित विषयमा ध्यानाकर्षण गराउदै निम्न सुझावहरु यस वडाको विकासको निमित्त राख्न चाहाछु
१) वडा भित्र पर्ने सम्पुर्ण सार्वजनिक स्थलहरुको संरक्षण तथा विकास हुनेगरीको काममा बजेट विनियोजित गरिदिनु हुन ,
२) वडा भित्र पर्ने नदिनालामा बाँस तथा विरुवा अनिवार्य रूपमा रोप्ने कार्य गरिदिनु हुन ,
३) वडा भित्र लगाईएका RCC गमलामा रोपिएका विरुवाहरुको संरक्षण गर्न र बसपार्क अगाडी लगाइएको विरुवा तथा जालीको संरक्षण गर्न तत्काल केही बजेट विनियोजित गरि कार्य थाल्न हुन ,
४) वडाको सिमा भित्र पर्ने गाडीहरूको चाप रहने स्थानहरुको नालाको भत्किएको स्लेप तथा बाटोमा परेको खाल्डाखुल्डी तुरुन्त मर्मत गर्ने कार्य गर्न हुन ,
५) बाटोको आवश्यक स्थानमा जेब्रा क्रसिङ्ग बनाउने र बाटोलाई अबरोध गरि बनाईएका थाई तथा अस्थाई संरचना तुरुन्तै खाली गर्न लगाउने कार्य दगिदिनु हुन ,
६) घरको छतबाट झर्ने पानीको व्यवस्थापन गर्न लगाई दिनुहुन ,
७) आफ्नो वडाभित्र पर्ने सार्वजनिक स्थान तथा स्कुल क्षेत्रमा धूम्रपान र मद्यपान जस्ता बस्तुको बिक्रीवितरणमा रोक लगाई दिनु हुन,
८) खुल्ला चौपाया मुक्त वडा घोषणा गरिदिनु हुन ,
९) वडाले कुनै पनि काम गर्नको लागि वडा बासीको सुझाव लिन चाहने अवस्था आए राजनीति सहमतिको नाममा २/४ जना बोलाउनुको साटो सार्वजनिक रूपमा सरोकारवाला सबैलाई बोलाउने परिपाटीको विकास गरिदिनु हुन र
१0) वडा भित्र रहेका अति विपन्न परिवारको निम्ति आपतविपत कोर्सबाट बार्सिक रूपमा कम्तीमा गाँस, बाँस ,कपास , शिक्षा र स्वास्थमा सहयोग पुग्ने गरि बजेट दिने व्यवस्थापन मिलाई दिनुहुन । आदि आदि

उल्लेखित कार्य सम्पादनका लागि वडाभित्र पर्ने सबै राजनीतिक दल , सन्चारकर्मी , बुद्धिजीवी वर्ग र आम वडाबासीमा हार्दिक अनुरोध गर्दछु । साथै यो लेख वडालाई असक्षम घोषणा गर्नका लागि नभएर वडा विकासका लागि मार्गदर्शन होस भन्ने अभिप्रायबाट सार्वजनिक गरिएको हुनाले यस लेखलाई राजनिती करण नगरी दिनुहुन समेत आग्रह गर्दछु।

लेखक
फडिन्द्र घिमिरे
मेचीनगर -६ , काकरभिट्टा
9806019463/9844644941

प्रतिकृया दिनुहोस्