News Portal

भम्रण बर्ष २०२० लाई सफल बनाउन मेचीनगरमा बिशेष कार्यक्रम

रातोपोस्ट संवाददाता
५५७ पटक

झापा ।भ्रमण वर्ष सन् २०२० लाई सफल बनाउन झापाकाे मेचीनगरमा विशेष कार्यक्रमको तयारी गरिएको छ ।

नेपाल सरकारले मनाउन लागेको भम्रण बर्ष २०२० लाई मेचीनगर नगरपालिकाले भव्य रुपमा सफल पार्न विविध कार्यक्रम गर्ने भएको छ ।

नेपालको पूर्वी नाका काकँरभिट्टा हुँदै देशका अन्य क्षेत्रमा जाने पर्यटकहरुलाई भ्रमण बर्षको स्वागतका लागि जनवरी १ तारिक अर्थात पुष १६ गते पूर्वी प्रवेशद्वार काकरभिट्टामा भ्रमण बर्ष शुभारभ्भ समारोह आयोजना गर्ने तयारी भएको मेचीनगर पर्यटक बिकास समितिका सचिव तथा नगरका बरिष्ठ प्रशासकिय अधिकृत अनन्तप्रकाश वस्तीले बताए ।

भ्रमण बर्ष शुभारभ्भ कार्यक्रममा भारतिय, बंगलादेशी र भुटानी पर्यटक भित्रिने प्रमुख नाका भएकाले  भ्रमण बर्षको पहिलो दिन काकरभिट्टामा कार्यक्रमको आयोजना गरी मेचीनगरको विभिन्न पहिचान झल्कने कार्यक्रम  गरिने मेचीनगरका नगर प्रमुख बिमल आचार्यले बताए ।

मेचीनगरका प्रमुख पर्यटकीय क्षेत्रहरुको जानकारी सहितको अडियो भिडियो सामाग्री तयार गरी सार्वजनिक यातायातमा प्रसारणको शुरुवात गर्ने, मेचीनगरका घुम्ने स्थानहरुको बारेमा जानकारी सहितको ब्रोसर प्रकासित गरिने नगर पर्यटन बिकास समितिका अध्यक्ष तथा उपप्रमुख मिना उप्रेतीले बताइन।

प्रतिकृया दिनुहोस्