News Portal

  • बुधबारदेखि चिसो अझै बढ्ने, बिहीबार र शुक्रबार वर्षासँगै हिमपातको सम्भावना

    रातोपोस्ट संवाददाता
    ५८४ पटक

    काठमाडौं : बुधबारदेखि देशका धेरै स्थानहरुमा चिसो अझै बढ्ने मौसमविद्हरुले बताएका छन् ।

    हाल जम्मू–कश्मीर माथि रहेको न्यून चापीय प्रणाली नेपालको पश्चिमी क्षेत्रमा आउने क्रममा रहेकोले चिसो थप वढ्न सक्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    मंगलबार पश्चिमका उच्च पहाड तथा हिमाली क्षेत्रमा हल्का हिमपात हुन सक्ने बताईएको छ ।

    उक्त प्रणालीका कारण बुधबार र बिहीबार देशैभरि बदली हुने र न्यूनतम तापक्रम अति कम भइ देशभरि चिसो बढ्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाको भनाइ छ ।

    बुधबार र बिहीबार पश्चिमी क्षेत्रका धेरै ठाउँ र मध्य तथा पूर्वका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको पनि जनाइएको छ ।

    पश्चिमी न्यून चापीय प्रणाली शुक्रबारसम्म नै सक्रिय रहने छ । हाल देशका पश्चिमी क्षेत्रमा आंशिकदेखि सामान्य बदली भएको छ भने बाँकी क्षेत्रको मौसम सामान्यतया सफा रहेको छ ।

    मंगलबार दिनभरजसो पश्चिम र मध्य भूभागमा आंशिकदेखि सामान्य बदली हुने र बाँकी क्षेत्रमा मौसम सफा सम्भावना छ ।

    काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम मंगलबार बिहान १.५ डिग्री सेल्सियस मापन भएको छ ।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)