News Portal

ओली नेतृत्वको सरकार राणाकै शैलीमा उत्रियो : राधेश्याम अधिकारी

थाहा खबर
७७६ पटक

काठमाडौँ  : राष्ट्रियसभाका सदस्य राधेश्याम अधिकारीले वर्तमान सरकारले नागरिकको मौलिक हक अधिकार कुण्ठित प्रयास गरेको आरोप लगाएका छन्।

राष्ट्रियसभाको बुधबार बसेको बैठकमा ‘नेपाल विशेष सेवा विद्येयक २०७६’ माथि छलफल गर्नेक्रममा बोल्दै उनले यस्तो बताएका हुन्।

‘राणा शासनलाई हामी निरंकुश शासन भनेर बुझ्छौँ,’ उनले भने, ‘अहिले त्यस्तै शासकले जसरी स्वतन्त्रतताको हक कुण्ठित गर्ने काम भएको छ।

‘ सरकारले स्वतन्त्रताको हकमा, मौलिक हकमा, सूचनाको हक र त्यतिले नपुगेर गोपनियताको हकमाथि हमला गरेको उनले आरोप लगाए। उनले नागरिकको मौलिक हकलाई खेलाँची नसोच्‍न सरकारलाई आग्रह गरे।

‘विधेयक तपाईंहरु ल्याउँदै हुनुहुन्छ। मौलिक हकलाई खेलाँची निरंकुश शाशकले मात्र सोच्‍न सक्छ। यो सरकारलाई म भन्‍न चाहन्छु नागरिकलाई किन विश्वास नगर्ने ?,’ उनले सोधे। अधिकारीले सरकारले नागरिकलाई भन्दा विभिन्‍न एजेन्सीहरुलाई विश्वास गर्न विशेष सेवा विद्येयक ल्याएको आरोप लगाए।

विशेष सेवा विधेयक प्रधानमन्त्री केपी आलीको तर्फबाट अर्थमन्त्री युवराज खतिवडाले प्रस्तुत गरेका थिए।

प्रतिकृया दिनुहोस्