News Portal

मेचीनगरमा पर्यटकीयस्थल चिनाउन, युवाको मोटरसाइकल र्याली

रातोपोस्ट संवाददाता
१४४१ पटक

झापा। सरकारले घोषणा गरेको पर्यटन वर्ष २०२० लाई सफल पार्ने उद्देश्यले मेचीनगरको पर्यटकीय क्षेत्रको प्रबर्धन गर्न नेकपा सम्बद्ध भातृ संगठनहरुले संयूक्त रुपमा मोटरसाइकल र्याली गरेका छन् ।

पर्यटन वर्ष २०२० लाई सफल पार्न बुधवार बिहान मेचीनगर–१३ स्थित चारआली चोकमा आयोजना भएको उद्घाटन समारोहमा पुर्व युवा संघ नेपाल मेचिनगर अध्यक्ष सरोज मेहेराको अध्यक्षता र सञ्चालन अनेरास्ववियू मेचीनगर अध्यक्ष सन्तोष धमलाले गरेका थिए ।

कार्यक्रकको उद्घाटन प्रमुख अतिथि प्रदेश सभा सांसद तथा नेकपा जिल्ला कमिटि सचिवालय सदस्य गोपाल बुढाथोकीले गरेका थिए ।

अनेरास्ववियू मेचीनगर, राष्ट्रिय युवा संघ नेपाल मेचिनगर कमिटीको आयोजनामा सम्पन्न र्यालीमा १५० बढी मोटरसाइकलमा २५० बढीको सहभागीता रहेको थियो ।

रोजाइमा परेका ती सबै पर्यटकीय क्षेत्रका प्रतिनिधिहरुलाई राष्ट्रिय झन्डा र भिजिट वर्षको लोगो हस्तान्तरण गरेको पूर्व वाइसिएल मेचीनगर अध्यक्ष विनोद मण्डलले बताए ।

स्थानीय क्षेत्रको पर्यटन प्रबर्धन गर्नका लागि मोटरसाइकल र्याली आयोजना गरिएको पूर्व युवा सङ्घ मेचीनगरका अध्यक्ष सरोज मेहराले जानकारी दिए ।

पर्यटकका लागि अध्ययन र अनुसन्धानको विषय बन्न सक्ने भएकाले पर्यटकीय क्षेत्रसँगै शिक्षा तथा कृषि फार्म पनि प्रबद्र्धन गर्न र्‍यालीमा समावेस गरीएको हो।

मेचीनगर–१३, चारआलीमा रहेको उत्तरगङ्गा धार्मिक तथा पर्यटकीय क्षेत्रबाट बुधबार विहान सुरु भएको मोटरसाइल र्याली प्रगति सामुदायिक वन मेचीनगर–१२, निचाझोडा सिमसार मेचीनगर–१३, बालसुवोधिनी निमावि मेचीनगर–१४, कालिका सिमसार मेचीनगर–११, बाँसवारी सिमसार मेचीनगर–१२, आदर्श मावि मेचीनगर–८, पातालगङ्गा पर्यटकीय क्षेत्र मेचीनगर–८, मेची जस्केलो मेचीनगर–६, कृष्णथुम्की मेचीनगर–१, मिनी माउन्टेन मेचीनगर–२, सीएम कृषि फार्म मेचीनगर–२ हुँदै मेचीनगर–९ मा रहेको खुट्टीडाँगी सिमसार क्षेत्रमा आएर समापन भएको थियो ।

आयोजका अनुसार मोटरसाइल र्यालीमा लाग्ने सम्पूर्ण खर्चको व्यवस्थापन युवाहरु आफैले नै जुटाएका थिए भने र्यालीमा औषधि लगायतका सामाग्रीको व्यवस्थापन धुलाबारीको हलेसी मेडिकलले गरेको थियो ।

नेकपा केन्द्रीय सदस्य तथा झापा जिल्ला ईन्चार्ज रविन कोईरालाको प्रमुख आतिथ्यता सम्पन्न भएको समापन कार्यक्रममा नेकपा प्रदेश कमिति सदस्य हंसलाल राजवंशी र प्रदेश सभा सदस्य तथा नेकपा जिल्ला कमिटि सदस्य श्रीप्रसाद मैनालीको विशिष्ट आतिथ्यथा रहेको कार्यक्रममा नेकपा जिल्ला सचिवालय सदस्य प्रकाश भण्डारी, रेणुका डागी, राष्ट्रिय युवा संघ नेपाल केन्द्रिय सदस्य कुमार आचार्य, पूर्व अनेरास्ववियू केन्द्रिय सचिवालय सदस्य अशेष भिमिरे, नेकपा युवा नेताहरु विपि भट्टराई, राजु धिमाल, रविन ओझा, ओम प्रसाद तिम्सिना, सोम ओझा, रघुनाथ धिमाल, भोजराज सिटौलालगायतको आतिथ्यता रहेको थियाे भने अध्यक्षता पूर्व वाइसिएल मेचीनगर अध्यक्ष विनोद मण्डलकाे र सञ्चालन सन्तोष धमलाले गरेकाे साे कार्यक्रममा सरोज मेहराले स्वागत मन्तब्य  राखेका थिए।

 

प्रतिकृया दिनुहोस्