News Portal

आज नेकपाको सचिवालय बैठक बस्दै : सभामुख र राष्ट्रियसभा उम्मेदवार टुंग्याउने तयारी

रातोपोस्ट संवाददाता
६७७ पटक

काठमाण्डाै। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज (शुक्रबार) बस्दै छ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ८: ३० बजे बस्ने बैठकमा राष्ट्रियसभा निर्वाचनको उम्मेदवार र सभामुख पदको उम्मेदवार छनोटका विषयमा छलफल हुने बताइएकाे छ ।

बिहीबार बालुवाटारमा बसेको सचिवालय बैठकमा राष्ट्रियसभा निर्वाचनको उम्मेदवार छनोटका विषयमा छलफल भए पनि कुनै निष्कर्ष भने निस्किएन । सभामुख पदको उम्मेदवार छनोट गर्ने विषयमा भने प्रवेश गर्न नपाई नै बैठक स्थगित भएको थियाे ।

मंगलबार पनि प्रधानमन्त्री केपी ओली र नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच सभामुखको उम्मेदवार छनोट गर्न छलफल भएको थियो तर कुनै पनि सहमति हुन सकेन । राष्ट्रियसभाको १८ सिटमध्ये दुई सिट राष्ट्रिय जनता पार्टी (राजपा)लाई दिने सहमति भएकाले नेकपाले १६ सिटका लागि उम्मेदवार टुङ्ग्याउनुपर्नेछ ।

प्रतिकृया दिनुहोस्