News Portal

देउवाले कांग्रेस सिध्याए : सुजता

अन्नपूर्ण पोस्ट
५०५ पटक

रुपन्देही : नेपाली कांग्रेसकी नेतृ सुजता कोइरालाले शेरबहादुर देउवाले अब पनि पार्टीलाई मिलाएर नलगे अर्को चुनाबमा कांग्रेस शून्यमा पुग्ने बताएकी छन् । उनले पार्टीमा एकता नभए अर्को चुनावमा कसैले भोट नदिने उल्लेख गरिन्।

प्रेस युनियन रुपन्देहीले शुक्रबार बुटवलमा गरेको कार्यक्रममा उनले भनिन, ‘पार्टी मिलेन भने अर्को चुनावमा कसैले भोट हाल्दैन ।  गिरिजाप्रसाद कोइरालाको छोरी सुजता कोइरालाको हात पनि काप्छ।’

नेतृ कोइरालले सभापति शेरबहादुर देउवाले आफू सभापति बन्न पार्टीलाई समाप्त पार्न लागेको आरोप लगाइन् । ‘लोभ लालचाले पद्धति मिचेर पार्टीलाई सिध्याउने काम भइरहेको छ ।

विधानलाई बारबार परिवर्तन गर्यो भने पार्टी कम्जोर हुन्छ की हुन्न, उनले भनिन्, ‘सानो सानो गुट बनाएर सभापति जितेर के अर्थ हुन्छ र। चुनाब जित्नुपर्यो नि । पार्टीलाई मिलाउनुस् सभापति जित्नुस् न ।’

नेतृ कोइरालाले सरकारका गलत क्रियाकलापका विरुद्ध उठिरहेका आवजलाई दबाउनकै लागि सूचना प्रविधि विधेयक ल्याउन लागेको दाबी गरिन् । ‘कानुन आफूलाई बचाउ गर्नका लागि हुँदैन । आफू भ्रष्टाचार गर्ने अनि मेरो बारेमा नबोल्दियोस् भनेर कानुन बनाउने ? त्यो मान्य हुँदैन ।’

निर्मलाका बलात्कारी र हत्याराविरुद्ध सरकार र सरकार नेतृत्वको पार्टीका सभासदर समेत चुइक्‍क नबोल्नुले सरकार र नेकपा जनताको पक्षमा नभइ आफ्नो पार्टी हितका पक्षमा मात्रै लागेको आरोप कोइरालाको छ।

प्रतिकृया दिनुहोस्