News Portal

इराकमा रहेका अमेरिकीलाई तत्कालै देश छाड्न चेतावनी

एजेन्सी
५९९ पटक

बगदाद : इराकस्थित अमेरिकी राजदूतावासले इराकमा रहेका अमेरिकी नागरिकलाई ‘तत्कालै छाड्न’ चेतावनी दिएको छ ।

अमेरिकी हवाइ आक्रमणबाट इरानी सेनाका कमाण्डर मारिएपछि अमेरिकी दूतावासले यस्तो सूचना जारी गरेको हो । ‘अमेरिकी नागरिकहरु विमानस्थलबाट सम्भव भएसम्म बाहिरिनुपर्छ । साथै जमिनबाट समेत अन्य देशमा जानुपर्छ,’ दूतावासले विज्ञप्तिमा उल्लेख गरेको छ ।

बगदाद विमानस्थलमा अमेरिकी रकेट हमलाको क्रममा शुक्रबार इरानी सेनाको विशेष फौजका कमाण्डरको मृत्यु भएको छ । यससँगै इरानी अधिकारीहरुले अमेरिकालाई यसको मुल्य चकाउनुपर्ने भन्दै अमेरिकालाई चेतावनी दिएका छन् ।

प्रतिकृया दिनुहोस्