News Portal

काभ्रेमा ९५० रोपनी जग्गा विप्लवकाे कब्जामा

रातोपोस्ट संवाददाता
१३५१ पटक

काभ्रे । नेत्र विक्रम चन्द (विप्लव )नेतृत्वको  नेपाल कम्युनिष्ट पार्टीले काभ्रेमा ९५० राेपनि जग्गा कब्जा गरेको छ। काभ्रेको साविक महादेव स्थान-९ मा रहेको ९५० रोपनी जग्गा जवर्जस्ती सरकारीकरण गरिएको भन्दै जग्गा कब्जा गरिएको नेकपा काभ्रेले जनाएको छ ।

विगतमा दनुवार समुदायका बिभिन्न व्यक्तिको नाममा रहेको र पुर्जाको प्रमाण पत्र रहेको जग्गा, खोलाको बगरको बाहनामा जग्गा सरकारीकरण गरिएको भन्दै जग्गा कब्जा गरिएको नेकपा काभ्रेले जनाएको हो ।

 

‘कित्ता नम्बर ९१६,९१७ र १२५० जग्गा बिगतमा दनुवार समुदायका विभिन्न व्यक्तिहरुको नाममा रहेको  प्रमाण हुँदाहुँदै  २०३१ सालमा सर्भे नापी हुँदाको बखत आवश्यक जानकारी र सुझबुझको अभावमा दर्ता गर्दा हुन गएको कमजोरी सच्याउनुको सट्टा व्यक्ति र सरकारको नाममा दोहोरो श्रेस्ता कायम गराई अन्तमा जबर्जस्ती दनुवार समुदायलाई उठिबास गराइएको’ विप्लव नेकपाले पर्चामा उल्लेख गरेको छ ।

नेकपाले निकालेको अपिलमा खोसिएको जग्गा फिर्ता गर्नुपर्ने, तत्कालीन प्रमुख जिल्ला अधिकारी, नापी र मालपोत अधिकृत र भूमाफियालाई कारबाही गर्नुपर्ने माग गरेको छ ।

कब्जा गरिएको ठाउँमा गिट्टी बालुवा निकाल्न बन्द गर्न समेत  चेतावनी दिएको छ ।विप्लव नेकपाले उक्त स्थानमा मेयरकाे संलग्नतामा ढुंगा ,गिटि,बालुवा लगायतका सामग्री तस्करी हुने गरेकाे भन्दै छानबिनको समेत माग गरेको छ।

प्रतिकृया दिनुहोस्