News Portal

  • काठमाडौंको असनमा आगलागी

    रातोपोस्ट संवाददाता
    १५५ पटक

    काठमाडौं । काठमाडौंको असनको एक घरमा आगो लागेको छ । काठमाडौं असन इन्द्रचोकस्थित एक घरमा लागेका आगलागी नियन्त्रणको प्रयास जारी रहेको छ । प्रहरीका अनुसार अहिले आगो निभाउने प्रयास भइरहेको छ ।

    काठमाडौं महानगरपालिकाका तीनवटा र ललितपुर महानगरपालिकाको एउटा दमकलसहित स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिन प्रयास भइरहेको प्रहरीले जनाएको छ।

    आगलागी के कारणले भएको हो भन्ने बारे जानकारी आएको छैन । आगलागी बारे थप विवरण आउन बाकीं रहेको छ ।

    प्रतिकृया दिनुहोस्