News Portal

हचुवाको भरमा भ्रमण वर्ष घोषणा : नेता नेपाल

रातोपोस्ट संवाददाता
७७६ पटक

कन्चनपुर। सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता माधवकुमार नेपालले सरकारले हचुवाको भरमा ‘नेपाल भ्रमण वर्ष २०२०’ घोषणा गरेको टिप्पणी गरेका छन् ।

शनिबार कन्चनपुरमा बेदकोट नगरपालिकाले आयोजना गरेको स्थानीय तहका जनप्रतिनिधिहरुको अनुभव आदान–प्रदान कार्यक्रममा बोल्दै उनले सरोकारवालाहरुको राय–सुझावविना नै सरकारले हचुवाको भरमा भ्रमण वर्ष घोषणा गरेको बताए ।

२० लाख विदेशी पर्यटक भित्र्याउन चुनौती रहेको भन्दै उनले भ्रमण वर्षका लागि आवश्यक तयारी सरकारले नगरेको जिकिर गरे ।

एक अर्को प्रसंगमा नेता नेपालले जनप्रतिनिधि र कर्मचारीहरूलाई प्रलोभनमा नपरी विकासका काममा ऐक्यबद्धता जनाउन आग्रह गरे ।

प्रतिकृया दिनुहोस्