News Portal

प्रथम टि-टेन लिगको खेल तालिका सार्वजनिक

रातोपोस्ट संवाददाता
१४०१ पटक

झापा ।आगामी पुष २४ गतेबाट माघ १ गतेसम्म झापाको मेचीनगर स्थित तुर्केनि खेलमैदानमा सञ्चालन हुने प्रथम टि–टेन राष्ट्रिय क्रिकेट लिगको खेल तालिका सार्वजनिक भएको छ ।

प्रतियोगितामा सहभागी १२ टिमलाई ४ वटा पाेलमा बिभाजन गरिएको छ।पाेल Aमा इस्टर्न बुलेट क्रिकेट क्लब सुनसरी ,बाेस्टन क्रिकेट एकेडेमी झापा र आदर्श क्रिकेट एकेडेमी झापा रहेका छन् ,भने पाेल B मा हाेराइजन क्रिकेट एकेडेमी बिराटनगर ,बाहुनडाँगि क्रिकेट एकेडेमी झापा र मेचि मल्टिपल क्याम्पस झापा रहेका छन्।त्यस्तै पाेल C मा युनाइटेड क्रिकेट एकेडेमी झापा,धुलाबारी क्रिकेट एकेडेमी झापा र लालिगुराँस एकेडेमी झापा रहेका छन्,भने पाेल D मा इनिङ स्टार काठमाडौ ,एनसिएसएस झापा र आयाेजक मिलन क्रिकेट क्लब रहेका छन्।

टाइसिट

प्रतियोगिता सम्पन्न गर्न ४ लाख ६० हजार रुपैयाँ खर्च पूर्वानूमान गरिएको छ । आयोजक क्लबका अध्यक्ष तथा प्रतियोगिता संयोजक विरु श्रेष्ठका अनुसार प्रतियोगितामा मेचीनगर नगरपालिका र मेचि नेत्रालय मुख्य प्रायोजकको रुपमा रहेका छन् । अन्य थुप्रै संघसंस्थाहरु सह–प्रायोजकको रुपमा रहेको उनले बताए । त्यसै गरेर खेलप्रेमी, सामाजिक व्यक्तिहरुबाट पनि प्रतियोगिता सफल पार्न सहयोग जुटीरहेको अध्यक्ष श्रेष्ठले बताए ।

मेचीनगर–६ तुर्केनी खेलमैदानमा हुने प्रतियोगिताको विजेताले ५० हजार ५१ रुपैयाँ र उपविजेता टिमले २५ हजार ५१ रुपैयाँ नगदराशी पाउनेछन्।

प्रतिकृया दिनुहोस्