News Portal

अर्घाखाँचीमा पत्रकारको अन्तरक्रिया-समाचार लेख्दैमा जेल र हिरासत बस्नुपर्ने अवस्थाको अन्त्य हुनुपर्छ: अध्यक्ष डुम्रे

रातोपोस्ट संवाददाता
११६४ पटक

पौष २२, अर्घाखाँची।जनपत्रकार संगठन अर्घाखाँचीको आयोजनामा मानवअधिकार प्रेस तथा अभिव्यक्त स्वतन्त्रता एवं वर्तमान अवस्था र राष्ट्रियता विषयक अन्तरक्रिया कार्यक्रम अर्घाखाँचीको सन्धिखर्कमा सम्पन्न भएको छ ।


कार्यक्रममा बोल्दै प्रमुख अतिथि एवम्  जनपत्रकार संगठनका केन्द्रिय अध्यक्ष प्रकाश डुम्रेले पत्रकारले निर्धक्क संग समाचार लेख्ने वातावरण नभएको जिकिर गरेका छन् । उनलेे निर्धक्क संग समाचार लेख्न राज्यले विभिन्न विधेयक ल्याएर रोक्न खोजेको समेत बताए । जनपत्रकारहरुले जनताका सहि र निष्पक्ष आवाज उठाउँदा राज्यले हामी बाट अशान्ति भएको टिप्पणी गर्नु राजनीतिक पुर्वाग्रह भएको दाबी गरे । अध्यक्ष डुम्रेले पत्रकारले समाचार लेख्दैमा यातना भोग्नुपर्ने, जेल र हिरासत खेप्नुपर्ने यो अबस्थाको अन्त्य होस भन्दै पत्रकारले समाजमा न्यायपुर्ण रुपमा सकारात्मक सन्देश जाने भुमिका खेल्न अपिल समेत गरे । उनले आसन्न पत्रकार महासघंको चुनावप्रति लक्षित गर्दै महासंघ सबैको साझा हुनुपर्ने बताए । पत्रकारले जनताका मुद्दा उठाउनुपर्ने भन्दै सबै पत्रकारहरुको हितको निम्ति संगठन सँधै सँगै रहने प्रतिबद्धता अध्यक्ष डुम्रेले जनाए।

कार्यक्रममा बोल्दै अध्यक्ष डुम्रेले पछिल्लो समय राज्यले मानवअधिकार,प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित पारेको जिकिर गर्दै नागरिकको अभिव्यक्ति स्वतन्त्रता दबाउन राज्य उद्त भएको दाबी गरे ।

त्यस्तै जनपत्रकार संगठन नेपालका केन्द्रिय महासचिव हिम बिष्टले संगठनले देसव्यापी रुपमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका बिषयमा बहस उठाईरहेको भन्दै मिडियाहरुले उठाउनुपर्ने बिषय लुकाउने गरेकोप्रती आपत्ति जनाए । उनले जनपत्रकार संगठन नेपाल पत्रकार महासंघसँगै हातेमालो गर्दै अगाडी बढेको बताए ।

कार्यक्रममा नेपाली काङ्ग्रेसका जिल्ला उपसभापति शान्ता भण्डारीले पत्रकारहरुले स्वतन्त्रतापुर्वक सुचना प्रबाह गर्न पाउने हक समेत राज्यले कुन्ठित गर्न लागेको बताईन, उनले पार्टीले प्रतिपक्षको भुमिका पुर्ण निभाउन नसकेको स्विकार गर्दै पार्टी मानवअधिकार तथा प्रेस स्वतन्त्रताको पक्षमा रहेको बताईन । त्यसैगरी जनमोर्चाका जिल्ला सल्लाहकार जिवनारायण खनालले मानवअधिकार निकै दयनीय अबस्थामा रहेको , राज्यबाट मुठ्ठीभरका मान्छेहरुले सुविधा लिने गरेको र धेरै जनताले दमन खेप्नुपरेको बताए ।


यस्तै नेपाल बार यसोशियसनका निवर्तमान अध्यक्ष अधिवक्ता केवि भुषालले नेपालका राजनीतिक पार्टीहरु सत्तापक्ष र प्रतिपक्ष दुबैले आफ्नो राजनीति स्वार्थको लागि जे पनि सम्झौता गर्न तयार रहेको बताए । उनले अमेरिकी एमसिसिले नेपाललाई ईरानिकरण गर्न खोजेको आरोप समेत लगाए ।
नेपाल पत्रकार महासंंघ प्रदेश सदस्य शोभाखर पन्थीले राज्य पछिल्लो समय पत्रकारहरुबाट आवश्यकता भन्दा बढी डराएको भन्दै पत्रकारबाट आतंकित नहुन आग्रह गरे । पछिल्लो राजनीति संकट र समस्यालाई वार्ताका माध्यमबाट निकास निकाल्नुपर्ने बताए ।
नेपाल पत्रकार महासंघ अर्घाखाँचीका अध्यक्ष हिम जिसि लेकालिले पत्रकारहरुले कुनै पार्टीमा विचार वा आस्था राखेपनी समाचारमा स्वतन्त्रता राख्नुपर्नेमा जोड दिए । नेपाल पत्रकार महासंघले प्रेस स्वतन्त्रता हननका सम्बन्धमा हरेक आन्दोलनहरुमा अगुवाई गरेको बताउदै उनले पत्रकारका समस्याहरुमा एकाकार भएर अगाडी बढ्ने बताए । विद्रोहिहरुलाई राज्यले दमन गरेर समस्याको समाधान ननिस्कने भन्दै  वार्ताको माध्यमबाट सबैलाई राज्यले अभिभावकको भुमिका निभाउनुपर्ने लेकालिले बताए ।


कार्यक्रममा जनपत्रकार संगठन अर्घाखाचिको बार्षिक मुखपत्र जनआवाज बिमोचन समेत गरिएको थियो । कार्यक्रममा जिल्लाका विभिन्न राजनीतिक दलका नेता तथा प्रतिनिधि, मानवअधिकारबादी, नागरिक समाजका अगुवा, पत्रकार संघसंगठनका प्रतिनिधि तथा मिडियाका प्रतिनिधि लगायतको उपस्तिथि रहेको थियो भने कार्यक्रम जनपत्रकार संगठनका सदस्य अयन वि.क.ले संचालन गरेका थिए भने संगठनका अध्यक्ष अनिल वि.क.ले कार्यक्रमको अध्यक्षता गरेका थिए ।

प्रतिकृया दिनुहोस्