News Portal

जाडोमा तोरीको साग खाँनुका अप्रत्यासित फाइदा

रातोपोस्ट संवाददाता
१८४० पटक

काठमाडौं। जाडो मौसममा विशेष गरी खानपानमा  ध्यान दिँदा पनि विभिन्न खाले संक्रमणबाट बच्न सकिन्छ । त्यसैले जाडोमा शरीरलाई तातो र न्यानो बनाउने खानेकुराको सेवनमा जोड दिनुपर्छ ।

शरीरलाई तातो बनाउनका लागि प्रशस्त सागसब्जी तथा मौसमी फलफुलको सेवन गर्नु पर्छ । रायो, तोरी, चम्सुर पालुंगोजस्ता साग जाडोको समयमा उत्पादन हुने भएकाले यस्ता मौसमी सागले स्वास्थ्यलाई निकै फाइदा पुर्‍याउने गर्छ । त्यतै, जाडोमा पाइने तोरीको साग स्वास्थ्यका लागि अत्यन्त लाभदायक मानिन्छ ।

तोरीको सागमा धेरै मात्रामा खनिज, भिटामिन, डाइटयुक्त फाइबर तथा प्रोटिन र निकै थोरै मात्रम क्यालोरी हुनेगर्छ । नियमित तोरीको सागको सेवनले रुघाखोकी तथा दम जस्ता रोगहरूलाई निको पार्न मद्दत गर्छ ।

यसको सेवनले मानसिक क्षमताको विकास गरी शरीरको विषालु पदार्थलाई हटाएर क्यान्सरको सम्भावना कम गरी अन्य दीर्घकालीन रोग लाग्नबाट बचाउँछ । यसले ब्लाडर, कोलोन, स्तन, फोक्सो, प्रोस्ट्रेट र अन्डासयको क्यान्सरबाट जोगाउने गर्छ ।

नियमित रूपमा तोरीको साग खाँदा शरीरमा फाइबर र पोषणको मात्रा बढेर पाचन प्रकियालाई व्यवस्थापन गर्दै र तौल घटाउन मद्धत पुर्‍याउँछ ।खाएको खानालाई अपच हुन नदिइ पेटसम्बन्धी विभिन्न रोग हटाउने गर्छ ।

यसमा पाइने आइरन, भिटामिन ‘ए’ र भिटामिन’ ‘इ’ भिटामिन ‘सी’, एन्टिअक्सिडियन्ट र सल्फरले शरीरको कोषलाई क्षति गर्ने अणुहरूलाई नष्ट गरी मदिरा, धुम्रपान र ड्रग्सको कुलतको विष हटाउँछ ।

यसले शरीरको खराब कोलेस्ट्रोलको तह घटाएर उच्च रक्तचाप र मुटुसम्बन्धी विभिन्न रोगमा फाइदा पुर्‍याउँछ । क्याल्सियम र पोटासियमको स्रोत भएको कारणले हड्डीसँग सम्बन्धित सबै समस्याबाट मुक्त गराइ आँखालाई तेजिलो बनाउन मद्दत गर्छ

प्रतिकृया दिनुहोस्