News Portal

मन्त्री बाँस्काेटा र ढकाललाई क्रमश: सहरी विकास र कानुन मन्त्रालयकाे थप जिम्मेवारी

रातोपोस्ट संवाददाता
८६२ पटक

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले सहरी विकास मन्त्रालय र स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले  कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा बाँस्कोटालाई सहरी विकास मन्त्रालय र ढकाललाई कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयको जिम्मेवारी हेर्ने गरी तोकेकी हुन् ।

प्रधानमन्त्रीको सिफारिसमा नेपालको संविधानबमोजिम ढकाल र बास्कोटालाई थप मन्त्रालयको जिम्मेवारी दिइएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

पुस ८ गते समाजवादी पार्टी सरकारबाट बाहिरिएपछि यी दुई मन्त्रालय प्रधानमन्त्री ओलीले सम्हाल्दै आएका थिए ।

प्रतिकृया दिनुहोस्