News Portal

अवैध उत्खनन्‌को विरोध गर्दै आएका युवकको टिपरले किचेर हत्या, स्थानीय आन्दोलित

रातोपोस्ट संवाददाता
६९३ पटक

धनुषा । धनुषाको मिथिला नगरपालिका–५ श्रीपुरमा शुक्रबार बिहान एक युवकको हत्या भएको छ ।  औरही खोलामा अवैध गिट्टीबालुवा उत्खनन्‌को विरोध गर्दै आएका २४ वर्षीय दिलीपकुमार महतोलाई नदीमै टिपरले किचेर हत्या गरेको हो ।

उनको घरनजिकैको नदीमा भइरहेको अवैध उत्खनन्‌को विरोध गर्दे आएका महतोलाई टिपरले किचेर हत्या गरेको इलाका प्रहरी कार्यालय ढल्केबर प्रहरी निरीक्षक रामकुमार यादवले जनाएकाे छ । महतोलाई जबर्जस्ती समाएर ना ७ ख ६४१३ नम्बरका टिपर चालकले किचेका थिए।

मर्निङवाकमा रहेका महतोलाई बिहान साढे चारबजे टिपरले ठक्कर दिएको थियो । ठक्कर दिने टिपरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

घटनापछि नियोजित हत्या भएको आरोप लगाउँदै स्थानीयहरु विरोध प्रदर्शनमा उत्रेका छन् ।घटनाको विरोधमा मिथला नगरपालिकाको श्रीपुर स्थित रामलक्ष्मण चोकमा सडकमा टायर बालेर पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरेका छन् ।

इलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरीक्षक रामकुमार यादवका अनुसार घटनाको प्रकृति हेर्दा पूर्ण रुपले नियोजित ढंगले किचेर हत्या भएको देखिएको बताए ।

 

 

 

प्रतिकृया दिनुहोस्