News Portal

  • ओली–दाहालसँग तुम्बाहाङ्फेले भनिन्, ‘मलाई नै सभामुख बनाउनुस्’

    रातोपोस्ट संवाददाता
    १४६ पटक

    काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालसमक्ष उपसभामुख डा. शिवमाया तुम्हाहाङ्फेले आफूलाई सभामुख बनाउन प्रस्ताव गरेकी छिन् ।

    प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार भएको छलफलमा उपसभामुख तुम्बाहाङ्फेले यस्तो प्रस्ताव गरेकी हुन् ।

    ओली, दाहाल र तुम्बाहाङफेको त्रिपक्षीय छलफलमा सभामुखको उम्मेदवार टुंगो लगाउने विषयमा छलफल भएको बालुवाटार स्रोतले जनाएको छ ।

    उपसभामुख तुम्बाहाङफेले सभामुखको टुंगो नलागेसम्म आफूले राजीनामा गर्न नसकिने बताएकी छन् । राजधानी दैनिक

    प्रतिकृया दिनुहोस्