News Portal

टि-टेन क्रिकेट लिग : आजकाे खेलमा आदर्श ,धुलाबारी र हाेराइजन विजयी

रातोपोस्ट संवाददाता
१३६३ पटक

 

 

 

 

 

 

 

 

 

 

झापा।झापाको काकडभिट्टा स्थित तुर्केनी खेलमैदानमा जारी प्रथम टि–टेन राष्ट्रिय क्रिकेट लिग अन्तर्गत आज शनिबार सम्पन्न खेलमा आदर्श क्रिकेट एकेडेमी, धुलाबारी क्रिकेट क्लब र होराइजन क्रिकेट एकेडेमी विजयी भएका छन् ।

लिग अन्तर्गत पहिलो खेलमा टस जितेर ब्याटिङ रोजेको आदर्श क्रिकेट एकेडेमी झापाले ७ विकेटको क्षतीमा ८२ रन जोडेको थियो । ८३ रनको बिजय लक्ष लिएर मैदान उत्रिएको बोस्टन क्रिकेट एकेडेमी बिर्तामोड ७१ रनमा समेटियो ।

सो खेलको म्यान अफ दी म्याच विजयी टिमका अंकित सुवेदी घोषित भए । ३० रन जोडेका उनलाई नेपाली महिला राष्ट्रिय टोलीकी कप्तान रुविना क्षेत्रीले नगद राशीसहित पुरस्कृत गरिन् ।

त्यस्तै, दोस्रो खेलमा टस जितेर ब्याटिङ रोजेको धुलाबारी क्रिकेट क्लबले ७ विकेटको क्षतीमा १ सय १० रन जोडेको थियो । १ सय ११ रनको लक्ष्यसहित मैदान प्रवेश गरेको लालिगुराँश क्रिकेट एकाडेमी शिवसताक्षी १० ओभर खेल्दै ५ विकेट गुमाउँदै ५७ रनमा समेटियो ।

सो खेलको म्यान अफ दी म्याच विजयी टिमका अभ्यास तिम्सिना घोषित भए । ८ बलमा २३ रन जोड्दै २ विकेट लिएका उनलाई क्यान १ नम्बर प्रदेश सदस्य सचिब आनन्द सुब्बाले नगदराशीसहित पुरस्कृत गरे ।

त्यसैगरी, तेस्रो खेलमा टस जितेर ब्याटिङ गरेको होराइजन क्रिकेट क्लब विराटनगरले १ सय ३४ रन जोडेको थियो । १ सय ३५ रनको बिजय लक्ष  लिएर मैदान ओर्लिएको बाहुनडाँगी क्रिकेट क्लब १ सय १२ रनमा समेटियो ।
उक्त खेलको म्यान अफ दी म्याच विजयी टिमका फिर्दोज अन्सारी घोषित भए । उनलाई बाहुनडाँगी क्रिकेट क्लबका अध्यक्ष पोषककुमार दर्जीले नगदराशीसहित पुरस्कृत गरे ।

आइतबारको पहिलो खेल होराइजन क्रिकेट एकाडेमी र मेची मल्टिपल क्याम्पस भद्रपुर, दोस्रो खेल इनिङ स्टार क्लब काठमाडौं र एन.सि.एस.एस झापा तथा तेस्रो खेल युनाइटेड क्रिकेट एकाडेमी बिर्तामोड र लालिगुराँश क्रिकेट एकाडेमीबीच हुने आयोजक मिलन क्रिकेट क्लबका अध्यक्ष वीरु श्रेष्ठले बताए ।

प्रतियोगिताको विजेताले ५० हजार ५१ रुपैयाँ र उपविजेता टिमले २५ हजार ५१ रुपैयाँ नगदराशीसहित ट्रफि पाउनेछन् ।

प्रतिकृया दिनुहोस्