News Portal

आज राष्ट्र निर्माता पृथ्वीनारायण शाहकाे जन्मजयन्ती,

रातोपोस्ट संवाददाता
४५८ पटक

काठमाण्डाै। राष्ट्र निर्माता तथा एकीकरण कर्ता पृथ्वीनारायण शाहको जन्मयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा आज  विभिन्न कार्यक्रमकाे आयोजना गरी मनाइँदै छ ।

विसं १७७९ मा गोरखामा जन्मनु भएका पृथ्वीनारायणले २२ से र २४ से राज्यमा विभाजित नेपाललाई एकीकरण गर्नु भएको थियो । सात महिनामा तन्त्रविधिबाट उहाँको जन्म भएको थियो ।

पृथ्वी नारायणले जीवनमा तीन वटा युद्धमा मात्र हार भोग्नुपरेको पृथ्वीनारायण शाहको योगदानका विषयमा अनुसन्धानरत हरिप्रसाद सोडारीले बताउनु भयो । विसं १८०० मा नुवाकोटमा पहिलो पटक आक्रमण गर्दा उहाँ पराजित हुनु भएको थियो । उहाँ विसं १८०१ मा नुवाकोटमा विजयी हुनुभयो ।

यसैगरी कीर्तिपुरमा पनि उहाँ दुई पटक पराजित हुनु भएको थियो । विश्वमा विजयी भइ उपनिवेश चलाउन सफल अङ्ग्रेज सेना उहाँको नेतृत्वमा पराजित भएको थियो । अङ्ग्रेजले समेत हराउन नसकेको मुगल सेनालाई पृथ्वीनारायणले विसं १८१९ मा मकवानपुरमा पराजित गर्नु भएको थियो । यसपछि भारतमा उपनिवेश चलाइ रहेका अङ्ग्रेज पनि उहाँसँग डराएका थिए ।

शाहले ‘व्रतरत्न माला’ नामक कृति लेख्नु भएको थियो । यसैगरी उहाँका तीन कविता पनि प्रकाशित भएको सोडारीले सुनाउनु भयो । ‘दिव्योपदेश’ भने पृथ्वीनारायण शाहका भनाइ हुन् । जसलाई पछि कृतिका रुपमा प्रकाशित गरिएको हो ।

नेपालको भौगोलिक एकीकरण गरेर यो भूमिका लागि महत्वपूर्ण योगदान दिनुभएका शाहको निधन विसं १८३१ माघ १ गते नुवाकोटको देवीघाटमा भएको थियो । पृथ्वी जयन्तीमा पहिले सार्वजनिक बिदा दिने गरिएकामा अहिले कटौती गरिएकाे छ । तर याे अवसरमा फेरि बिदा दिइ देशभर उत्सव मनाइनु पर्ने माग हुन थालेको छ ।

प्रतिकृया दिनुहोस्