News Portal

उपसभामुखको पदमा बसेर सभामुखको उम्मेद्वारी दिन मिल्दैन : देव गुरुङ

रातोपोस्ट संवाददाता
४४३ पटक

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) संसदीय दलका प्रमुख सचेतक देव गुरुङले उपसभामुखको हैसियतामा डा. शिवमाया तुम्बाहाम्फे सभामुखको उम्मेद्वार बन्न नपाउने बताएका छन् ।

सोमबार काठमाडौंमा आयोजित एक साक्षात्कारमा नेता गुरुङले उपसभामुख पदमा रहेर तुम्बाहाम्फेले सभामुखको उम्मेद्वारी दिन नमिल्ने संवैधानिक व्यवस्था रहेको दावी गरेका हुन् ।

सभामुखको उम्मेद्वार बन्नका लागि उपसभामुखबाट अनिवार्य राजिनामा दिनुपर्ने बताउँदै पछिल्लो समय विकास भइरहेको घटनाक्रममले संवैधानिक संकट आउनसक्ने उनले बताए । उनले संवैधानिक रुपमा सभामुखमा उम्मेद्वारी दिने बाटो खुल्ला नभएकोले नेकपाले उम्मेद्वार तय नगरेको समेत बताए ।

नेता गुरुङले संवैधानिक पदमा बसेर बार्गेनिङ गर्ने नैतिक अधिकार उपसभामुखसँग नभएकोसमेत बताए । व्यक्तिगत इच्छा, आकांक्षा पुरा गर्नको लागि संसद अवरुद्ध गर्न नहुने उनको भनाई थियो ।

प्रतिकृया दिनुहोस्