News Portal

सुचना,प्रविधि विधेयकको विरोधमा ५ पत्रकार संगठन एक ठाउँमा

रातोपोस्ट संवाददाता
१२३३ पटक

 

 

 

 

 

 

 

 

 

 

 

काठमाडौं । सरकारले  ल्याएको सूचना प्रविधि विधेयकको विरुद्धमा पाँच पत्रकार संगठन एक ठाउँमा उभिएका छन् ।

यसअघि संयुक्त पत्रकार संघर्ष समिति बनाएका पाँच पत्रकार संगठनले सूचना प्रविधि विधेयकविरुद्ध संयुक्त रुपमा आन्दोलन गर्ने घोषणा गरेको हुन् ।

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपानिकट जनपत्रकार संगठन नेपाल,मोहन वैद्य नेतृत्वको क्रान्तिकारी माओवादी निकट क्रान्तिकारी पत्रकार महासंघ, राष्ट्रिय जनमोर्चानिकट प्रगतिशील पत्रकार संघ, समाजवादी पार्टीनिकट नेपाल प्रेस नेपाल र मधेसी पत्रकार समाज विधेयकका विरुद्ध एक ठाँउ उभिएका हुन् ।

सोमबार काठमाडौंमा ५ पत्रकार संगठनको संयुक्त बैठक बसेर सरकारले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताविरोधी कदम योजनाबद्ध ढंगले अगाडि बढाएको निष्कर्ष निकाल्दै चरणबद्ध आन्दोलनमा जानुपर्ने बताएका हुन् ।

विधेयकमा उल्लेख गरिएका कतिपय दफाले नागरिकको अभिव्यक्ति स्वतन्त्रताको अधिकार पूर्ण रुपमा कुण्ठित गर्ने मनसायले ल्याउन लागिएको संगठनहरुको निष्कर्ष छ । बैठकपछि ५ पत्रकार संगठनले संयुक्त वक्तव्य जारी गर्दै सरकारले ल्याएको विधेयक तत्काल फिर्ता गर्न माग गरेका छन् ।

जनपत्रकार संगठन नेपालका अध्यक्ष प्रकाश डुम्रे, क्रान्तिकारी पत्रकार महांसघका अध्यक्ष ईन्द्र रावत, प्रगतिशील पत्रकार संघका अध्यक्ष नारायण शर्मा, प्रेस नेपालका अध्यक्ष केशव अर्याल, मधेसी पत्रकार समाजका अध्यक्ष मोहन सिंहद्वारा हस्ताक्षरित संयुक्त वक्तव्यमा नागरिक स्वतन्त्रता विरोधी विधेयकको विरुद्धमा राजनीति दल, नागरिक समाज, बुद्धिजीवी, सञ्चारकर्मी, कानुनी व्यवसायी, मानवअधिकारकर्मी सबैलाई एकजुट भएर आवाज उठाउन अनुरोध समेत गरिएको छ ।

प्रतिकृया दिनुहोस्