News Portal

  • टि-टेन क्रिकेट लिग:फाइनल खेल ४ गते शनिबार हुने

    रातोपोस्ट संवाददाता
    ८६२ पटक

    झापा।झापाको काकडभिट्टा स्थित तुर्केनि खेलमैदानमा सञ्चालन भैरहेको टि-टेन क्रिकेट लिग प्रतियोगिताको फाइनल खेल माघ ४ गते शनिबार हुने भएको छ।

    प्राविधिक समस्याका कारण भाेलि हुने भनिएको फाइनल खेल ४गते शनिबारका लागि सारिएको छ। तुर्केनि खेलमैदानमा सञ्चालन भैरहेको टि-टेन क्रिकेट लिगमा जम्मा १२ वटा टिमकाे सहभागीता रहेको थियोे ।

    लिग अन्तर्गत आज बुधबार सम्पन्न सेमीफाइनल खेलमा  होराइजन क्रिकेट एकेडेमी बिराटनगर  र धुलाबारी क्रिकेट क्लब फाइनल प्रवेश गरेका छन्।

    लिग अन्तर्गत पहिलो सेमीफाइनल खेलमा टस जितेर ब्याटिङ रोजेको होराइजनले २ विकेटको क्षतीमा १५४ रन जोडेको थियो । १५५ रनको टार्गेट लिएर मैदान उत्रिएको स्टन बुलेट क्रिकेट क्लब सुनसरीले १० ओभरमा अलआउट हुँदै ४२ रनमा समेटियो । उक्त खेलको म्यान अफ दी म्याच होराइजनका निरोज मुखिया घोषित भए । ३२ बलमा ९६ रन जोडेका उनलाई झापा जिल्ला खेलकुद विकास समितिका पूर्व अध्यक्ष गणेशविक्रम नेम्बाङले नगदराशीसहित पुरस्कृत गरे ।

    त्यस्तै, आज सम्पन्न  भएको अन्तिम सेमीफाइनल खेलमा टस जितेर फिल्डिङ रोजेको आयोजक मिलन क्रिकेट क्लब काँकरभिट्टा धुलाबारी क्रिकेट क्लबसँग १०७ रनले पराजित भयो । पहिला ब्याटिङ गरेको धुलाबारीले १० ओभर खेल्दै ४ विकेटको क्षतीमा १३३ रन जोडेको थियो ।

    १३४ रनकाे जवाफि लक्ष लिएर मैदान उत्रिएको मिलन क्रिकेट क्लब २७ रनमा समेटिएपछि धुलाबारील फराकिलो जित निकाल्दै फाइनल प्रवेश गरेको हो ।सो खेलको म्यान अफ दी म्याच धुलाबारीका सुरज खड्का घोषित भए । ७ बलम ३८ रन जोडेका उनलाई नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीकी सदस्य अप्सरी बेगमले नगद राशीसहित पुरस्कृत गरिन् ।

    उक्त प्रतियोगिताको विजेताले ५० हजार ५१ रुपैयाँ र उपविजेता टिमले २५ हजार ५१ रुपैयाँ नगदराशीसहित ट्रफि पाउनेछन् ।

     

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)