News Portal

टि-टेन क्रिकेट लिग:फाइनल खेलकाे मिति सर्‍याे, ७ गते हुने।

रातोपोस्ट संवाददाता
१०९७ पटक

झापा।झापाको काकडभिट्टा स्थित तुर्केनि खेलमैदानमा सञ्चालन भैरहेको टि-टेन क्रिकेट लिग प्रतियोगिताको फाइनल खेल माघ ७ गतेका लागि सरेेको छ ।

उक्त खेेेल सञ्चालन भैरहेको तुर्केनि खेल मैदानमा भाेलिदेखि नै तिनवटा महिला टि-ट्वान्टि सिरिज हुन लागेको आयोजक क्लबका अध्यक्ष बिरु श्रेष्ठले बताए । उक्त सिरिजमा आयोजक मिलन क्रिकेट क्लब काकडभिट्टा र धुलाबारी क्रिकेट क्लब बिच प्रतिस्पर्धा हुने र उक्त खेलकाे फाइनल खेलपनि ७ गते मंगलबार पुरुष क्रिकेट टि-टेन लिगकाे फाइनल खेल सँगै एकैदिन हुने भएको छ। प्रतियोगिताकाे भव्य समापनका लागि पनि महिला र पुरुष क्रिकेटको फाइनल एकैदिन गर्न लागिएको अध्यक्ष श्रेष्ठको भनाइ छ।

यसअघि प्राविधिक समस्याका कारण २ गते हुने भनिएको फाइनल खेल ४गते शनिबारका लागि सारिएको थियो ।काकडभिट्टा स्थित तुर्केनि खेलमैदानमा सञ्चालन भैरहेको टि-टेन क्रिकेट लिगमा जम्मा १२ वटा टिमकाे सहभागीता रहेको थियोे ।

लिग अन्तर्गत गत बुधबार सम्पन्न सेमीफाइनल खेलमा  होराइजन क्रिकेट एकेडेमी बिराटनगर  र धुलाबारी क्रिकेट क्लब फाइनल प्रवेश गरेका थिए।

उक्त प्रतियोगिताको विजेताले ५० हजार ५१ रुपैयाँ र उपविजेता टिमले २५ हजार ५१ रुपैयाँ नगदराशीसहित ट्रफि पाउनेछन् ।

 

प्रतिकृया दिनुहोस्