News Portal

वैज्ञानिक वन विकासको नाममा वन फँडानी नरोके कारबाही गर्ने विप्लव नेकपाकाे चेतावनी

रातोपोस्ट संवाददाता
८८४ पटक

बुटवल ।नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले तराई क्षेत्रमा वैज्ञानिक वन व्यवस्थापनको नाममा वन तस्कर र फडानी नराेके कडा कारबाही गर्ने चेतावनी दिएको छ।

शुक्रवार अवध स्वायत्त प्रदेशले विज्ञप्ती जारी गर्दै स्वायत्त प्रदेश अन्तर्गत तराई क्षेत्रमा वैज्ञानिक वनव्यस्थापनको नाममा भुमाफिया, वनविभागका भ्रष्ट कर्मचारी र आइएनजिओ मिलेर वनक्षेत्रको अत्यधिक दोहन गरेको भन्दै तत्काल नरोके कारवाही गर्ने चेतावनी दिएको हो  ।

स्वायत्त प्रदेशका प्रमुख नाथुप्रसाद थारुद्धारा हस्ताक्षर गरिएको प्रेस विज्ञप्तीमा वैज्ञानिक वन व्यवस्थापनको नाममा गरिएको वन फडानी तत्काल रोक्न भनिएको छ । विज्ञप्तीमा भनिएको छ, “तराईमा सामाजिक दलाल सरकारद्धारा संरक्षित भुमाफिया, काठतस्कर, वनविभागका भ्रष्ट कर्मचारी र आइएनजिओ मिलेर “वैज्ञानिक वनव्यवस्थान” को नाममा साल लगायतका घनाजङ्गल फडानी गरी हजारौं हेक्टर वनक्षेत्रलाई सखाप पारिएको छ र ती क्षेत्र उजाड चउरमा परिणत भएको छ । यसले एकातिर प्राकृतिक प्रकोपको जोखिम बढेको छ भने अर्कोतिर पर्यावरणमा समेत गम्भीर असर पारेको छ ।” त्यसैगरी सरकारको कथित वैज्ञानिक वनव्यवस्थापन कार्यक्रमवारे कसैपनि भ्रममा नपर्न अपील गर्दै प्राकृतिक स्रोत र साधनमाथिको लुट र दोहनको अन्त्य वैज्ञानिक समाजवादी व्यवस्थामा मात्र सम्भव भएको नेकपाले बताएको छ ।
यस्तो छ विज्ञप्तिकाे पुर्णपाठ—

नेपालको वनजङ्गल तस्कर र माफियाहरुको संस्थागत अतिक्रमणको शिकार हुँदै आएको छ । अहिले तराईमा सामाजिक दलाल सरकारद्धारा संरक्षित भुमाफिया, काठतस्कर, वनविभागका भ्रष्ट कर्मचारी र आइएनजिओ मिलेर “वैज्ञानिक वनव्यवस्थान” को नाममा साल लगायतका घनाजङ्गल फडानी गरी हजारौं हेक्टर वनक्षेत्रलाई सखाप पारिएको छ र ती क्षेत्र उजाड चउरमा परिणत भएको छ । यसले एकातिर प्राकृतिक प्रकोपको जोखिम बढेको छ भने अर्कोतिर पर्यावरणमा समेत गम्भीर असर पारेको छ ।

दलाल सरकारको कथित वैज्ञानिक वनव्यवस्थान कार्यक्रमवारे कसैपनि भ्रममा पर्न जरुरी छैन । किनकी दलाल पुँजीवादी राज्यव्यवस्थामा प्राकृतिक स्रोत साधनको संरक्षण सम्भव छैन । वैज्ञानिक समाजवादी व्यवस्थाले मात्र प्राकृतिक स्रोत साधनमाथिको लुट र दोहनको अन्त्य गर्दै जनताको सामुहिक वा सार्वजनिक स्वामित्व स्थापित गर्न सक्दछ । त्यसकारण दलाल सत्ताले भन्दै आएको कथित वैज्ञानिक वनव्यवस्थान अन्तर्गत पुराना ठूला रुखहरु काटेर सिध्याउने र नयाँ विरुवा रोप्ने नाममा गरिएको वनक्षेत्रको अत्यधिक दोहन, चोरी, तस्करी तत्काल बन्द गर्न चेतावनी दिन चाहन्छौं । उक्त कार्य तत्काल नरोके कडा कारवाही गरिने समेत जानकारी गराउँदछौं ।

 

प्रतिकृया दिनुहोस्