News Portal

सतासीधाम जेसीजको पद हस्तान्तरण कार्यक्रम सम्पन्न

रातोपोस्ट संवाददाता
११९२ पटक

झापा। सतासीधाम जेसीजको सातौं पद हस्तान्तरण कार्यक्रम शनिवार दूधेमा सम्पन्न भएको छ । वर्ष २०१९ का अध्यक्ष दिनेश बारकोटीले वर्ष २०२० का अध्यक्ष कुमार सिङ्ग साँवालाई जेसीजको चेन गलाबाट निकालेर लगाईदिदै पद हस्तान्तरण कार्यक्रम सम्पन्न भएको हो ।

उनले भावुक हुदै भने, ‘वर्ष २०१९ को मेरो नेतृत्वमा गठित टिम रचनात्मक भयो होला । अगाडी गरिएका बाचा पुरा गर्न सकिन भने पनि वर्ष २०२० को टिमलाई निवर्तमान अध्यक्षको हैसियतबाटै सहयोग पुर्याउने छु ।’

सतासीधाम जेसीज सन् २०१९ का अध्यक्ष वारकाटीको अध्यक्षतामा पहिलो सत्र र पद तथा गोपनियताको सफथ लिएपछिका दोस्रो सत्र २०२० का अध्यक्ष सावाँको सभापतित्वमा भएको थियो ।

साँवाले पदभार ग्रहण गरेपछि मन्तव्य राख्दै भने ‘सुकिला, मुकिला र धनाड्यहरुको संस्था नेपाल जेसीज भन्ने गरिएको आरोप वर्ष २०२० को मेरो टिमले चिर्ने बताए ।

नेपाल जेसीजका राष्ट्रिय अध्यक्ष असोक शंकरले युवालाई व्यवसायिक उद्यममा अग्रसर गराउन नेपाल जेसीजको वर्ष २०२० को राष्ट्रिय टिम अघिवढेको बताए ।

‘हामी सृजनशित तालिम प्रदान गरेर युवा शक्तिलाई आय मुलक काममा लगाउन कार्ययोजनाका साथ अघि बढेका छौ, उनले भने ‘सतासीधाम जेसीजको पनि यो अभियानमा साथ र सहयोग रहने विश्वास छ ।’

युवाहरुको नेतृत्व विकास गर्ने पाठशाला नेपाल जेसीज भएको बताउँदै उनले सवसँग समन्वय र सहकार्य गरेर नेतृत्व विकासमा अघि वढ्न नव निर्वाचित कार्यसमितिलाई आग्रह गरेका छन् ।

कार्यक्रममा पूर्व सांसद तारासम याङया, नेपाली काँग्रेसका नेता देउमान थेवे, सुरुङा जेसीजका जमिन तिम्सीना लगायतले शुभकामना मन्तव्य राखेका थिए । लिम्बु समुदायको च्याब्रुङ र नौमतीबाजाले अतिथिलाई स्वागत गरेको गरिएको थियो ।

निर्वाचन मण्डलका संयोजक महेन्द्र भट्टराईले सन् २०२० को नयाँ कार्यसमितिको घोषणा गरे भने, अध्यक्ष साँवाले मनोनीत पदाधिकारी तथा सदस्यहरुको घोषणा गरे ।

२०२० को कार्यकारी उपाध्यक्षमा अर्जुन भट्टराई, सिकिन पासवान उपाध्यक्षमा विश्वविक्रम दाहाल, गणेस अधिकारी, भिमवहादुर वोहोरा र गोपाल नेयोङ निर्वाचित भएका थिए ।

यस्तै जनसंपर्क अधिकारीमा सुर्य प्रकाश योङया निर्वाचित भएका थिए । साँवाले माहासचिवमा विवेक ढकाल, कोषाध्यक्षमा निर्मला प्रधान श्रेष्ठ, कानुनी सल्लाहकारमा लेखनाथ अधिकारी र तालिम संयोजकमा असोक वस्नेत लाई मनोनयन गरेका छन ।

यस्तै २६ वटा विधागत उपसमितिको संयोजक पनि कार्यक्रममा मनोनयन गरेका छन ।

निरोज दुलालले स्वागत गरको कार्यक्रममा जेसीज आस्थावाचन निर्मला प्रधानले गरेकी थिईन ।

प्रतिकृया दिनुहोस्