News Portal

  • प्याट्राेटिक क्रिकेट ट्रेनिङ सेन्टरमा राष्ट्रिय खेलाडी चौहानकाे भ्रमण, खेलाडी उत्साहित

    रातोपोस्ट संवाददाता
    ९४८ पटक

    झापा। झापाको दमक ४ स्थित मालपोत कार्यलयकाे छेउमा ८ महिना अघिमात्र सञ्चालनमा आएको प्याट्राेटिक क्रिकेट ट्रेनिङ सेन्टरमा आज अन्डर-१९ नेपाली राष्ट्रिय क्रिकेट टिमका महत्त्वपूर्ण खेलाडी हरी बहादुर चाैहानले भ्रमण गर्दै अभ्यासरत जुनियर खेलाडीसँग अनुभव साटासाट गरेका छन्।

    झापाको दमक ४ मा ८ महिना अगाडि ८ कठ्ठा जमिनमा राेशन धितालको अध्यक्षतामा ५ जनाको समुहले सञ्चालनमा ल्याएको यश ट्रेनिङ सेन्टरमा अहिले ४१ जना खेलाडिहरले अभ्यास गरिरहेको अध्यक्ष धितालले बताए ।

    राेशन धितालकाे अध्यक्षतामा रहेको यश ट्रेनिङ सेन्टरमा उपाध्यक्षमा प्रणिता पोख्रेल,सचिवमा दिपेश रिमाल ,कोषाध्यक्षमा अविश खनाल र सदस्यमा प्रविण पाठक रहेका छन्।

    सुनसरीमा जारी एमएम कपमा त्रिभुवन आर्मी क्लबबाट सहभागी रहेका उनी त्यतैबाट झापा आइपुगेका र उनलाई पुर्व राष्ट्रिय खेलाडी एवम् प्याट्राेटिक क्रिकेट ट्रेनिङ सेन्टरका काेच लाक्पा लामाले मायाको चिनाे हस्तान्तरण गरेका थिए।

    मायाको चिनाे पाएपछि खुसि हुँदै चाैहानले आफुलाई भ्रमणका लागि निम्तो दिएकोमा धन्यवाद व्यक्त गर्दै करिब तीन घण्टा खेलाडीहरुसँग आफ्नो अनुभव सुनाउनुका साथै अभ्यासरत खेलाडीहरुलाई हाैसला प्रदान गरेका थिए।

    २०७६ साल असार १ गते स्थापना भएको ट्रेनिङ सेन्टरमा अभ्यास गरिरहेका खेलाडिहरु राष्ट्रिय स्तरका खेलाडीसँग अभ्यास गर्न र उनिहरुकाे अनुभव सुन्न पाउँदा खुसिले गदगद देखिन्थे ।

    चाैहानकाे भ्रमणले खेलाडीलाई थप हाैसला मिलेको बताउँदै – ट्रेनिङ सेन्टरका अध्यक्ष धितालले ट्रेनिङ सेन्टर भ्रमण गरिदिनु भएकोमा उहाँलाई धेरै धेरै धन्यवाद। उहाँले बाँड्नु भएको अनुभव जुनियर खेलाडिहरुलाई धेरै महत्त्वपूर्ण छ, “हामी समय समयमा यसरी नै राष्ट्रिय खेलाडी बोलाएर जुनियर खेलाडिहरुको हौसला बढाउने काम गर्नेछौ।”

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)