News Portal

मिक्लाजुङमा बम विष्फोट

रातोपोस्ट संवाददाता
१२३२ पटक

पथरी : मोरङको मिक्लाजुङमा आइतबार साँझ बम विष्फोट भएको छ।

निर्माणाधीन मिक्लाजुङ–आइतबारे सडक निर्माणका लागि राखिएका तीनवटा स्काभेटरमा विष्फोट गराइएको स्थानीयले बताएका छन्।

विष्फोट कसले र किन गराए भन्ने खुल्न सकेको छैन।प्रहरीले विप्लव नेकपाका प्रतिबन्धित कार्यकर्ताले विष्फोट गराएको आशंका गरेको छ।

विष्फोटबाट भएको क्षतिको विस्तृत विवरण आइसकेको छैन।

 

प्रतिकृया दिनुहोस्