News Portal

प्रेस युनियनको महाधिवेशन चैतको तेस्रो साता नेपालगन्जमा

रातोपोस्ट संवाददाता
६४१ पटक

काठमाडौं । नेपाल प्रेस युनियनको नवौँ महाधिवेशन चैतको तेस्रो साता हुने भएको छ । युनियनले चैत २१ र २२ गते नेपालगञ्जमा महाधिवेशन गर्न लागेको हो ।

कार्यकाल सकिएको लामो समय भइसक्दा पनि युनियनको महाधिवेशन हुन सकेको थिएन । वर्तमान केन्द्रीय समितिले  चितवनमा जारी केन्द्रीय समिति बैठकमा महाधिवेशन मिति टुंग्याएको हो ।

बैठकले माघ मसान्तसम्म जिल्ला अधिवेशन सक्न परिपत्र गरेको छ । अधिकांश जिल्लामा अधिवेशन भइसके पनि अधिवेशन गर्न बाँकी रहेका जिल्लाहरुमा परिपत्र गरेको हो ।

युनियनको काठमाडौं, ललितपुर, काभ्रे, सिन्धुपाल्चोकलगायतका जिल्लामा अधिवेशन हुन बाँकी छ ।

प्रतिकृया दिनुहोस्