News Portal

मुद्दा मिलाइदिन्छु भन्दै घुस लिने यादव रंगेहात पक्राउ

रातोपोस्ट संवाददाता
६९५ पटक

राजविराज। जिल्ला प्रशासन कार्यालय सप्तरीको मुद्दा शाखामा करार सेवामा कार्यरत कार्यालय सहयोगी (पियन) केशव कुमार यादव ४ हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् ।

अभद्र व्यवहारको मुद्दा पेशी राखी टुङ्ग्याइदिने भन्दै प्रतिवादीसँग लिएको ४ हजार रुपैयाँ घुससहित कार्यालय सहयोगी यादव पक्राउ परेका हुन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको इटहरीस्थित कार्यालयबाट खटिएको टोलीले यादवलाई घुस लिएको रकमसहित प्रशासन कार्यालयबाटै पक्राउ गरेको हो ।

प्रतिकृया दिनुहोस्