News Portal

पर्यटन विकासमा आवश्यक सहयोग गर्छु’- राज्यमन्त्री विश्वास

रातोपोस्ट संवाददाता
७०१ पटक

 

 

 

 

 

 

 

झापा । प्रदेश नम्बर १ का उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री विजय विश्वासले झापाका पर्यटकीय क्षेत्र दोमुखाको विकासमा आवश्यक सहयोग गर्ने बताएका छन् ।

शुक्रबार शिवसताक्षी १० स्थित पर्यटकीय क्षेत्र दोमुखाको स्थलगत अवलोकनपछि राज्यमन्त्री विश्वासले यस्तो बताएका हुन् ।

सो अवसरमा मन्त्री विश्वासले दोमुखा पार्क, कन्काई सिञ्चाई करिडोर, झोलुंगे पुल, चिल्ड्रेन पार्कको समेत अवलोकन गरेका थिए ।

राज्यमन्त्री विश्वासले झापाको पर्यटकीय क्षेत्र दोमुखाको समग्र विकासमा सक्दो सहयोग गर्ने प्रतिबद्धता पनि जनाए ।

राज्यमन्त्री विश्वासले शुक्रबारनै कन्काई नगरपालिकास्थित ह्यापील्याण्डको समेत स्थलगत अवलोकन गरेका नेपाल कम्युनिष्ट पार्टीका

शिवसतासी नगर अध्यक्ष महेन्द्र भट्टराईले बताए ।

प्रतिकृया दिनुहोस्