News Portal

  • मोरङको केराबारी गाउँपालिका कार्यालयमा बम विस्फोट

    रातोपोस्ट संवाददाता
    ३१३ पटक

    बेलबारी। मोरङको केराबारी गाउँपालिकाको कार्यालयमा प्रेसर कुकर बम विस्फोट भएको छ ।

    शुक्रबार राति १० बजेतिर भएको विस्फोटमा कार्यालय भवन नजिकैका केही घरका सिसा फुटेका मोरङ्गका प्रहरी उपरीक्षक विश्व अधिकारीले जानकारी दिनुभयो ।

    गाउँपालिका कार्यालय भवनभन्दा २ सय मिटर जति पर राखिएको एउटा बम भने बिहान नेपाली सेनाको टोलीले निष्कृय बनाएको एसपी अधिकारीले जानकारी दिनुभयो ।

    बम विप्लव समूहले राखेको शंका गरिए पनि अहिलेसम्म पुष्टि भइनसकेको प्रहरीले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्