News Portal

  • सुनसरीबाट छुटेका विप्लव नेतृ भुजेल र नेता पाैडेललाई पुनःपक्राउ गरी झापा ल्याइयो ।

    रातोपोस्ट संवाददाता
    २४२ पटक

    सुनसरी ।नेत्र विक्रम चन्द ‘विप्लव’नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीकि मेची कोशी व्युरो इन्चार्ज  उमा भुजेल (शिलु )र कार्यलय सचिव तथा झापा जिल्ला इन्चार्ज  सुमनसिंह पौडेललाई हिजो सुनसरी जिल्ला अदालतको आदेशमा रिहा भएलगत्तै प्रहरीले  पुनः पक्राउ गरि झापा ल्याएको छ ।

    नेतृ भुजेल र झापा जिल्ला इन्चार्ज समेत रहेका पाैडेलकाे नाममा झापामा  विष्फोटक लगायत अन्य मुद्दा रहेको प्रहरीले जनाएको छ।

    गत पुस १२ गते शनिबार बिहान सुनसरीको चक्रघट्टीबाट गिरफ्तार परेका उनीहरुलाई जिल्ला अदालत सुनसरीले हिजो जनही १०/१० हजार धरौटीमा रिहा गरेको थियोे।

    इजलास नम्बर २ मा भएको थुनछेक बहसपछि जिल्ला न्यायधिस धर्मराज पौडेलको एकल इजलासले नेतृ शिलु र पौडेललाई धरौटीमा रिहा गर्न आदेश दिएको सुनसरी जिल्ला अदालतका प्रवक्ता गोपाल प्रसाद गिरीले जानकारी दिनुभयो ।
    अदालतले रिहा गरेपनि उनीहरुलाई प्रहरीले पुनः पक्राउ गरेको थियोे । धरौटी रकम बुझाएलगत्तै अदालत परिसरबाटै उनीहरुलाई प्रहरीले पुनः पक्राउ गरेको हो ।

    यसअघि पुस १२ गते प्रदेश १ प्रहरी र विशेष ब्यूरो संयुक्त टोलीले भुजेल र सचिव पौडेललाई सुनसरीबाट पक्राउ गरि विस्फोटक सम्बन्धी मुद्धा चलाएको थियो ।

    तत्कालीन माओवादीका तर्फबाट गोरखा जेलब्रेक गर्ने महिलाको समूहको प्रमुख सदस्य तथा पूर्वसांसद समेत रहेकी नेतृ भुजेललाई प्रहरीले यसअघि पनि काठमाडौंबाट पक्राउ गरेको थियो । सर्वोच्च अदालतको आदेश पछि उनी रिहा भएकी थिईन् ।

    भुजेल सहितको टोलीले २०५७ साल चैत १७ गते गोरखा जेल ब्रेक गरेको थियो ।

    प्रतिकृया दिनुहोस्