News Portal

नेकपा केन्द्रीय समिति बैठक : २०७७ चैतमा राष्ट्रिय महाधिवेशन गर्न प्रस्ताव

रातोपोस्ट संवाददाता
९१० पटक

काठमाडौं । बुधबारबाट सुरु भएको सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को केन्द्रीय समितिको बैठकमा नेकपाको राष्ट्रिय महाधिवेशन २०७७ चैतमा गर्ने प्रस्ताव गरिएको छ ।

नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्प कमल दाहाल ‘प्रचण्ड’ले पेस गरेको राजनीतिक प्रतिवेदनमा २०७७ चैत २५ देखि ३० गतेसम्म पार्टीको राष्ट्रिय महाधिवेशन सम्पन्न गर्न प्रस्ताव गरिएको हो ।

त्यस्तै अध्यक्षद्वयले पेस गरेको रानिीतिक प्रतिवेदनमा साउनको दोश्रो हप्ताभित्र सबै जिल्लन कमिटीले जिल्लाको अभियानको समिक्षा गर्न प्रस्ताव गरिएको छ भने, साउन महिनाको तेस्रो हप्तामा प्रदेश कमिटीले आ–आफ्नो प्रदेशको अभियानको समीक्षा गर्ने र प्रतिवेदन तयार गरी केन्द्रीय समितिमा पठाउने प्रस्ताव प्रतिवेदनमा छ ।

यस्तै २०७७ भदौदेखि मंसिरसम्ममा सबै स्थानीय तह र प्रदेश तहका अधिवेशनहरु सम्पन्न गर्न प्रस्ताव गरिएको छ  ।

प्रतिकृया दिनुहोस्