News Portal

गाउँपालिका अध्यक्षलाई अपहरण गरी निर्घात कुटपिट

रातोपोस्ट संवाददाता
६७७ पटक

डडेल्धुरा। नेपाल कम्युनिष्ट पार्टी नेकपाका आलिताल गाउँकमिटी अध्यक्ष ज्ञानेन्द्र जोशीलाई अज्ञात समूहले अपहरण गरी निर्घात कुटपिट गरेको छ।

शुक्रबार १२ बजे उनीमाथि कुटपिट भएको हो। आलिताल गाउँपालिका ३ को वडा बैठकमा सहभागी हुन जानेक्रममा उनीलाई अपहरण गरी कुटपिट भएको प्रहरीले जनाएको छ।

आलितालभन्दा करिब पाँच सय मिटरमाथि चौर बण्डले भन्ने स्थानमा नकाबधारी समूहले जोशीलाई अपहरण र कुटपिट गरी गम्भीर घाइते बनाएको आलिताल प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक(असइ) कमलप्रसाद जोशीले जानकारी दिए।
कुटपिटबाट जोशी गम्भीर घाइते भएका छन्। उनको खुट्टा भाँचिएको छ भने टाउको र हातमा गम्भीर चोट लागेको छ। उनलाई एम्बुलेन्समार्फत् धनगढी लगिएको छ।

जोशी सवार से ६ प ७९२६ नम्बरको मोटरसाइकल पनि तोडफोड गरिएको प्रहरीले जनाएको छ। उक्त समूहले मोटरसाइकमासमेत आगजनीको प्रयास गरेको थियो।

जोशीसँगै मोटरसाइकमा सवार नेकपा आलिताल गाउँपालिका कमिटी सदस्य चित्रा बोहरा भागेर जोगिएकी छन्। प्रहरीले आक्रमणकारी समूहको खोजी तीव्र पारेको छ। भित्रीमधेस नेत्रविक्रम चन्द ‘विप्लव’ समूहको प्रभाव क्षेत्रका रूपमा पनि लिइन्छ ।

नेकपा डडेल्धुराले उक्त घटनाको भत्र्सना गरेको छ। आलिताल गाउँपालिका कमिटी अध्यक्ष ज्ञानेन्द्र जोशीलाई अपहरण र कुटपिट गरी गम्भीर घाइते बनाएको घटनाले पार्टीको गम्भीर ध्यानार्कषण भएको नेकपा डडेल्धुराले जनाएको छ।

प्रतिकृया दिनुहोस्