News Portal

नेकपा उपाध्यक्ष बने वामदेव गौतम

रातोपोस्ट संवाददाता
८३० पटक

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेता तथा सचिवालय सदस्य बामदेव गौतम उपाध्यक्ष भएका छन् ।

बुधबारबाट राजधानीमा सुरु भएको केन्द्रीय समिति बैठकमा अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ राजनीतिक प्रतिवेदन र महासचिव विष्णु पौडेलले पेश गरेको संगठनात्मक प्रतिवेदन र विधान संशोधन प्रस्ताव सर्वसम्मतिले पारित गरे लगत्तै बामदेवलाई उपाध्यक्ष बनाउने प्रस्ताव पारित गरेको हो ।

गौतमलाई गत असोजमै उपाध्यक्ष बनाउने प्रस्ताव केन्द्रीय सचिवालय बैठकले गरेको थियो । विधानमा संशोधन गर्नुपर्ने भएकाले स्थायी कमिटी हुँदै केन्द्रीय कमिटीमा ल्याएर वैधानिक प्रक्रिया पुरा गरिएको हो ।

कतिपय केन्द्रीय कमिटी सदस्यहरुले उपाध्यक्ष पद राख्ने हो भने सबै कमिटीमा राखिनुपर्ने माग गरेका थिए । तर तत्काललाई केन्द्रीय कमिटीमा मात्र उपाध्यक्ष पद राख्ने निर्णय पारित भएको केन्द्रीय सदस्य बिष्णु रिजालले बताए ।

प्रतिकृया दिनुहोस्