News Portal

चीनबाट ल्याइने नेपाली राख्न ठाउँ खोज्दै सरकार, यी हुन् सम्भावित स्थान

रातोपोस्ट संवाददाता
८९९ पटक

काठमाण्डौ।  सरकारले कोरोना भाइरसको प्रकोप फैलिएको चीनबाट फर्काउन लागेका नेपालीलाई राख्न ठाउँ खोजिरहेको जनाएको छ । काठमाण्डौसहित भक्तपुर र ललितपुरमा सम्भाव्य ठाउँको खोजी भैरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

काठमाण्डौको कीर्तिपुर, ललितपुरको स्टाफ कलेज जावलाखेल र भक्तपुरको खरिपाटीमा रहेको नेपाल विद्युत प्राधिकरणको तालिम केन्द्र तथा कृषि विकास बैंकको तालिम केन्द्रमा राख्ने गरी छलफल भैरहेको मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले जानकारी दिनुभयो ।

कोरोना प्रभावित क्षेत्रबाट ल्याउन लागिएका नेपालीलाई १५ दिन अलग्गै ठाउँमा राखेर भाइरसको संक्रमण नरहेको प्रमाणित भएपछि परिवारको जिम्मा लगाउने सरकारको तयारी छ ।

प्रतिकृया दिनुहोस्