News Portal

पूर्वीद्धार सहकारी संस्थाकाे सेवा केन्द्र गोमनसरीमा

रातोपोस्ट संवाददाता
५६२ पटक

झापा। मेचीनगरको धुलाबारीमा मुख्य कार्यालय रहेको पूर्वीद्धार बचत तथा ऋण सहकारी संस्थाले मेचीनगर ७ स्थित गोमनसरीमा आइतबारदेखि आफ्नो दोस्रो सेवा केन्द्र सञ्चालनमा ल्याएको छ ।

प्रदेश सांसद गोपालचन्द्र बुढाथोकीले सेवा केन्द्रको उद्घाटन गर्दै बचत गर्ने बानीको विकास गर्न सहभागीहरुलाई आग्रह गरे । उनले समाज रुपान्तरण र आर्थिक समृद्धिको भरपर्दाे आधार सहकारी भएकाले सदस्यको जीवनस्तर उकास्नेगरी कार्यक्रम सञ्चालन गर्न सुझाव दिए ।

सहकारीले यसअघि पहिलो सेवाकेन्द्र मेचीनगर १५ स्थित बिचार्नी बजारमा सञ्चालन गरिसकेको र क्रमशः सेवा केन्द्र थप गर्नेे योजना रहेको सहकारी संस्थाका अध्यक्ष वीपी भट्टराईले जानकारी दिए । सहकारी संस्थाको सेयर पूँजी १ करोड ५० लाख नाघेको अध्यक्ष भट्टराईको भनाई छ ।

सहकारी क्षेत्र नम्बर १ का संयोजक भूमिराज राउतको सभापतित्व रहेको कार्यक्रममा मेचीनगर ७ नम्बर वडा अध्यक्ष चन्दन मेचे, सहकारी संस्थाका सदस्य चेतन विष्टलगायतले बोलेका थिए ।

कार्यक्रममा सहकारी संस्थाका उपाध्यक्ष मणिराज खतिवडा, सचिव जीतबहादुर खड्का, निरोज कट्टेल, लेखा संयोजक गोपाल राउत, सदस्य कुश्मी चौधरी, दिनेश श्रेष्ठ, कार्यालय प्रमुख प्रल्हाद खड्कालगायत स्थानीयहरुको उपस्थिति थियो ।

प्रतिकृया दिनुहोस्