News Portal

हल्दिवारीमा तीन महिने ढाका तालिम सुरु

रातोपोस्ट संवाददाता
६५२ पटक

झापा। महिलाहरुलाई स्वरोजगार बनाउने उद्देश्यले हल्दिवारीमा  बिहीबारदेखि तीन महिने ढाका बुनाई तालीम सुरु भएको छ ।

हल्दिवारी ५ नम्बर वडा कार्यालयले आयोजना गरेको सो तालिममा वडाका  १२ जना महिलाहरुले सहभागिता जनाएका छन् । हल्दिवारी गाउँपालिका वडा नम्बर ५ का अध्यक्ष शेर बहादुर नेम्वाङको सभापतित्वमा तथा हल्दिवारी गाउँपालिका अध्यक्ष रवीन्द्र प्रसाद लिङ्गदेनको प्रमुख आतिथ्यतामा तालिम उद्घाटन कार्यक्रम भएको थियो ।

सो अवसरमा प्रमुख अतिथि लिङ्गदेनले गाउँपालिकाले बेरोजगार समस्या न्यूनीकरण गर्न समय–समयमा विभिन्न किसिमका सीपमूलक तालिम सञ्चालन गर्दै आएको बताए ।

समाजमा बेरोजगारी समस्या अन्त्य गर्ने गाउँपालिकाको लक्ष्य रहेको बताउँदै प्रमुख अतिथि लिङ्गदेनले सीपमूलक तालिमले स्वरोगजार तथा आत्मनिर्भर बन्न सहयोग पुग्ने बताए ।

उक्त कार्यक्रममा  वडा नम्बर ४ का अध्यक्ष होम चुडाल, वडा  नम्बर ४ का  सदस्य तारादेवी ढकाल, झापा प्राविधिक शिक्षालयका संचालक बिनोद आचार्यलगायतले बोलेका थिए ।

वडाले उधोग पर्यटन बन तथा बाताबरण मन्त्रालय घरेलु तथा साना उद्योग कार्यलय झापाको आर्थिक सहयोग तथा झापा प्राविधिक शिक्षालयको प्राविधिक सहयोगमा  तालीम शुरु भएको हो ।

गरिबी निवारणका लागि लगु उधम विकास कार्यलय ( मेड्पा) ले उक्त तालीमको सहजीकरण गरेको कार्यक्रम संयोजक देवकला राईले बताएकी छ्न । सहभागीहरुलाई कविता राईले प्रशिक्षण प्रशिक्षण दिनेछिन् ।

प्रतिकृया दिनुहोस्