News Portal

  • प्रदेश–१ प्रदेशसभाको हिउँदे अधिवेशन सुरु

    रातोपोस्ट संवाददाता
    ५०० पटक

    मोरङ। प्रदेश सभाको पाँचौँ अधिवेशन सुरु भएको छ । प्रदेश १ सभामा बिहीबारदेखि सुरु भएको हिउँदे अधिवेशनमा प्रदेशको नामलाई प्रवेश गराउनु पर्ने संसदहरुले आवाज उठाएका छन् ।

    प्रदेश सभामा प्रतिनिधित्व गर्ने ५ दलका नेताहरुले बोल्ने क्रममा प्रदेशको नाम यसै अधिवेशनबाट टुङ्ग्याउनु पर्ने बताएका हुन् ।
    संघीय लिम्बुवान राष्ट्रिय मञ्चकी सांसद विष्णुमाया तुम्बाहाम्फेले प्रदेश सभाको पाँचौ अधिवेशन सुरु भईसकेको अवस्थामा समेत प्रदेशले नाम पाउन नसकेको अवस्थामा अधिवेशनले पहिचानको आधारमा नाम दिनु पर्ने बताउनुभयो ।

    राप्रपाकी सांसद इन्दिरा राईले  नामाकरणको नाममा अधिवेशनमा पेश हुने विस्वाश व्यक्त गर्दै सबैलाई समेट्ने गरी नामाकरण गरिनुपर्ने बताउनुभयो ।

    समाजवादी पार्टीका संसदीय दलका नेता जयराम यादवले पहिचानको विषय अहिले पनि उठेको अवस्थामा प्रदेशको नामराख्दा सबैलाई मान्य हुने गरी राख्न सुझाव दिनुभयो ।

    नाम राख्ने विषय ढिलो भएकोमा ढिलो भएको स्मरण गर्दै यादवले जनताको भावनाको आधारमा नाम राख्न उपयुक्त हुने दोहोर्याउनुभयो । उहाँले संविधानको मूल मर्म र भावनालाई ख्याल गर्न पनि दलहरुलाई आग्रह गर्नुभयो ।

    नेपाली कांग्रेस संसदीय दलका उपनेता हिमाल कार्कीले सरकारले प्रदेशको नामको बिषयमा प्रदेश सरकारले चासै नदिएको पो होकी भन्ने आशंका व्यक्त गर्नुभयो ।

    उहाँले कानुन निर्माणमा अब्बल रहको प्रदेश सभाले बनाएको कानुन कार्यान्वयन भए नभएको प्रभावकारी अनुगमनको खाँचो रहेको औंल्याउनु भयो ।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)