News Portal

चारपाने घटना : हत्या गरी जलाउने दुई जनालाई प्रहरीले गर्यो सार्वजनिक

रातोपोस्ट संवाददाता
१७९५ पटक

झापा । झापाको बिर्तामोडमा भएको हत्यामा आराेपमा संलग्न भएका दुई जनालाई प्रहरीले सार्वजनिक गरेको हो।

बिर्तामोड–२ स्थित चारपानेमा हत्या गरी जलाएको अवस्थामा फेला परेका सुवान शेखको हत्यामा संलग्न दुई जनालाई प्रहरीले सार्वजनिक गरेको हो ।

भारतको अररिया घर भई १० वर्षदेखि चारपानेमा बस्दै आएका ४० वर्षीया शेखको हत्या बिर्तामोड : २ मा बस्ने  २० वर्षीय करन चौधरी र १८ वर्षीय लक्ष्मण यादवले गरेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार उनीहरु घटना भएको रातसँगै बसेर मादक पदार्थ सेवन गरेका थिए । मादक पदार्थ सेवनका क्रममा सामान्य विवाद हुँदा हत्या भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख  कृष्ण कोइरालाले जानकारी बताए ।

‘सँगै बसेर खाने क्रममा एकअर्का बीच विवाद भएछ’, जिल्ल प्रहरी कार्यालय झापाका प्रमुख कोइरालाले भने, ‘त्यो क्रममा सामान्य विवाद भयो ।

त्यसपछि हत्यामा संलग्न दुई जना कतै गए । केही समयपछि फर्कँदा सुवान त्यहीँ थिए । फेरि भनाभन भयो ।’ त्यसपछि भने ढुंगा प्रहरा गरेर शेखको हत्या गरेको एसपी कोइरालाले बताए ।

‘सुरुमा ढुंगाले हानेर हत्या गरे । त्यसपछि सुवान शेख बेहोस भयो’, उनले भने, ‘छिटो मर्छ भनेर संवेदनशील अंग (लिंग) काटे थिए ।

त्यसपछि हत्या लुकाउन केही पर घिसार्दै लगेर परालमा आगो लगाएर जलाएछन् ।’ शेखको शव २१ गते जलेर चिन्नै नसक्ने अवस्थामा फेला परेको थियो ।

करन र लक्ष्मणको साथबाट शेखको मोबाइल आगो लगाउँदा प्रयोग भएको लाइटर, मृतकले प्रयोग गरेको सीम कार्ड फेला परेको प्रहरीले जनाएको छ । उनीहरुलाई इलाका प्रहरी कार्यालय  बिर्तामोडमा राखेर थप अनुसन्धान भइरहेको प्ररहीले जनाएको छ ।

प्रतिकृया दिनुहोस्