News Portal

  • त्रिवि क्रिकेट मैदानमा अमेरिकामाथि नेपालको जित

    रातोपोस्ट संवाददाता
    ६२९ पटक

    काठमाडौं: आईसीसी विश्व क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक शृंखलामा नेपालले पहिलो जित निकालेको छ। शनिबार त्रिवी मैदानमा भएको खेलमा नेपालले अमेरिका सामु ३५ रनको जित निकालेको हो।

    पहिलो ब्याटिङ गरेको नेपालले ४९.२ ओभर खेल्दै १९० रन बनाएको थियो। नेपालका लागि करण केसीले चार विकेट लिए भने सुशन भारी तीन विकेट लिए।

    सन्दीप लामिछाने दुई विकेट लिए भने कुशल मल्लले एक विकेट लिए। व्याटिङ तर्फ कप्तान ज्ञानेन्द्र मल्ल २१ रनमा र उपकप्तान दीपेन्द्रसिंह ऐरी शून्य रनमै बाहिरिए । पारस खड्का १९ रनमा आउट भए भने आरिफ शेख दुई रन बनाएर पभेलियन फर्किए। अलराउण्डर कुशल मल्लले ५१ बल खेल्दै ५० रन बनाए ।

    उनले तीन छक्का र चार चौकासमेत प्रहार गर्दै एकदिवसीय क्रिकेटमा डेब्युमै सबैभन्दा कम उमेरमा अर्धशतकको रेकर्ड बनाएका हुन्। यस्तै विनोद भण्डारीले ५९ रन बनाए। उनले ७९ बल खेल्दै एक छक्का र छ चौका हाने। करन केसीले १२ तथा सुशन भारीले ११ रन बनाएका थिए।
    अमेरिकाका लागि क्यामरोन स्टिभनले ३ तथा रुस्टी थेरन र कप्तान सौरभ नेत्रवल्कारले २/२ विकेट लिए। करिमा गोर, इयान होल्यान्ड र एलमोर हुचिसेनले १/१ विकेट लिएका थिए।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)