News Portal

  • काबुलमा बम बिस्फोट पाँच जनाको ज्यान गयाे

    रातोपोस्ट
    ४६८ पटक

    काठमाण्डौ। अफगानिस्तानको राजधानी काबुलमा मङ्गलबार बिहान आत्मघाती आक्रमणमा हुँदा झण्डै पाँच जनाको ज्यान गएको अधिकारीहरुले बताएका छन् ।

    स्थानीय समयानुसार बिहान ८ बजेतिर विस्फोट भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।विस्फोटमा दुई सर्वसाधारण नागरिक र तीन सैनिकसहित पाँच जनाको ज्यान गएको र अहिलेसम्म कुनै समूहले आक्रमणको जिम्मा नलिएको अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले उल्लेख गरेकाे छ।

    आक्रमणमा अन्य  १२ जना घाइते भएका गृह मन्त्रालयका प्रवक्ता नसरत रहिमीले बताउनु भएको छ । गृह मन्त्रालयले ज्यान गुमाउनेको सङ्ख्या पुष्टि गरेको छ ।

    ‘विस्फोट ठूलो थियाे, यसले हाम्रो घरलाई हल्लायो, हामीले पछि गोलीबारीको आवाज सुन्यौँ, एम्बुलेन्सहरु तुरुन्तै त्यस इलाकामा पुगेर उद्धारको काम थालेका छन्’, एक स्थानीय समीउल्लाहले बताए।

    हालैका हप्ताहरूमा तालिबानले अमेरिकासँग वार्ताको लागि भन्दै प्रमुख सहरी केन्द्रहरुमाथि आक्रमण गरेको अस्वीकार गर्दै आएका भए पनि कैयौँ प्रान्तमा हिंसा जारी रहेको छ

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)