News Portal

मेचिकाेसी ब्युराेका अधिकांश जिल्लामा विप्लव नेकपाकाे जनयुद्ध दिवस

रातोपोस्ट संवाददाता
१०२८ पटक

झापा ।नेत्र विक्रम चन्द (विप्लव )नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी मेचिकाेशि ब्युरोले जनयुद्ध दिवसका अवसरमा विभिन्न जिल्लामा कार्यक्रम सम्पन्न गरेको जनाएको छ।व्युराे इन्चार्ज प्रतापका अनुसार व्युराे अन्तर्गतका झापा, माेरङ,इलाम,पाँचथर ,ताप्लेजुङ ,सुनसरी ,धनकुटा लगायतका जिल्लामा जनताको माझ जनयुद्ध दिवस सम्पन्न गरेको बताएका छन्।

विभित्र जिल्लाका जिल्ला तहका नेताहरूको उपस्थितिमा २५ अौँ जनयुद्ध दिवस मनाइएको उनले बताए ।

अधिकांश नेताहरुले प्रचण्डले क्रान्ति र सहिदको रगतको अपमान गरेका कारण आफुहरुले जनताको अधिकार सुनिश्चितता गर्नका लागि आफुहरु निरन्तर क्रान्तिमा हाेमिएकाे र देशमा बैज्ञानिक समाजवादि सत्ता स्थापना गरेरै छाड्नेे प्रतिबद्धता गरे।

उक्त जनयुद्ध दिवसमा सहिद परिवार,जनयुद्धका घाइते ,अपांग र स्थानीय जनसमुदायको साथमा मनाइएको स्राेतले बताएको छ।

प्रतिकृया दिनुहोस्