News Portal

  • आज नेपाल एयरलायन्सको जहाज चीनमा रहेका नेपाली लिन जाँदै

    रातोपोस्ट संवाददाता
    ३३२ पटक

    काठमाडौं। चीनमा रहेका एक सय ८५ नेपाली लिन आज नेपाल एयरलाइन्सको जहाज जाने भएको छ ।

    कोरोना भाइरसका कारण स्वदेश फर्किन चाहेका नेपाली लिन जहाज चीनको हुबेई प्रान्तको वुहान सहर जान लागेको हो ।

    शनिबार दिउँसो ३ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको विमान साँझ ६ः४५ मा वुहान पुग्ने त्यसको दुई घण्टापछि नै काठमाडौं फर्किने समय तालिका रहेको छ ।
    चीनमा रहेका नेपाली बोकेको बिमान आइतबार बिहान २ः१५ मा नेपाल आइपुग्नेछ ।

    चीन जान लागेको नेपाल वायुसेवा निगमको ३३०–२०० सिरिजको २७४ सिटे वाइडबडी जहाजमा विशेष तालिमप्राप्त टोली पनि हुनेछन् ।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)