News Portal

  • काँकरभिट्टामा एक करोड रकम सहित एक व्याक्ति नियन्त्रणमा

    रातोपोस्ट संवाददाता
    १८०६ पटक

    झापा। सशस्त्र प्रहरी कार्यालय काँकरभिट्टाको टोलिले शनिवार एक करोड रकम सहित एक व्याक्तिलाई नियन्त्रणमा लिएको छ ।

    मेचीनगर ७ स्थित जोरसिमल चेक पोष्टबाट आज बिहान ९:४५ बजेको समयमा स.प्र.स.नि.सुभाष थापाको कमाण्डमा खटिएको चेक प्वाईन्ट टोलीले सवारी साधन चेकजाँच गर्ने क्रममा पूर्वबाट पश्‍चिम तर्फ जादै गरेको बा १२ च ९६८ नं. को जिपमा झोला भित्र राखेको अवस्थामा नेपाली रुपैयाँ नगद (एक करोड) फेला पारेको सशस्त्र प्रहरी बल काँकरभिट्टाले जनाएको छ।

    जिल्ला बारा जितपुरबारा नगरपालिका वडा नम्बर- ३ घर भएका वर्ष २७ का श्रवण कुमार चौधरीलाई नगद तथा सवारी साधन सहित नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि मेची भन्सार कार्यालय काँकरभिट्टामा बुझाईएको सशस्त्र प्रहरीका डिएसपी ज्ञानमणि पौडेलले बताए ।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)