News Portal

जनप्रगतिशिल माेर्चा कतारले भव्य रुपमा मनायो जनयुद्ध दिवस

रातोपोस्ट संवाददाता
९७१ पटक

 

नरेश बिश्वकर्मा कतार , १४ फेब्रुअरी २०२०

नेपाली जनप्रगतिशिल मोर्चा कतारले २५ औ जनयुद्ध दिवस भब्य र सभ्य रुपले सम्पन्न गरेकोछ। मोर्चाका सचीव नरेश बिश्वकर्माले संचालन गर्नु भएको कार्यक्रमको मुख्य नारा ” बिकासको नाउमा बिदेशी हतियार सहित देशमा फैलिरहेको MCC आतंकलाई निर्मुल गरौं । आत्म निर्भर र स्वाभिमानी रास्ट्र निर्माणको लागि २५ औं जनयुद्ध दिवस भब्य रुपले मनाऔं ।” रहेको कार्यक्रमको सभापतित्व मोर्चा अध्यक्ष जयकिशोर पोद्दारले गर्नु भएको थियो। त्यस्तै प्रमुख अतिथि मोर्चा सल्लाहकार समिति संयोजक रमेश गिरी हुनु हुन्थ्यो भने अतिथिमा मोर्चा सल्लाहकार समिति सदस्य रेशम पौडेल हुनुहुन्थ्यो ।

मोर्चा उपाध्यक्ष जमुना श्रेष्ठले स्वागत गर्नु भएको कार्यक्रमका बक्ताहरुमा मोर्चा कोषाध्यक्ष रबिन पुन, पुर्व जनमुक्ति सेना सदस्य भवानी कंडेल, मोर्चा केन्द्रीय सदस्य पुर्णबहादुर बिश्वकर्मा रहनु भएको थियो । बिचमा कलाकारको प्रस्तुति सहित कार्यक्रमको अन्तमा हाजिरी जवाफ प्रतियोगिता गरि विभिन्न ऐतिहासिक प्रश्नहरु सहित कार्यक्रमलाई थप मनोरञ्जन युक्त बनाइएको थियो। प्रतियोगितामा पहिले उत्तर दिनेलाई सम्मान स्वरुप प्रमुख अतिथिबाट  पुरस्कर बितरण गरिएको थियो।

कार्यक्रमका अतिथि रेशम पौडेलले मोर्चाको बिगत र बर्तमान बारे प्रकाश पार्दै मोर्चाले एकै कम्पनीका ८० जना सम्मलाई चारोपानी जुटाएर बचाउनुको साथमा कानुनी प्रक्रिया पुरा गरि स्वदेश फिर्ता गर्नमा दूतावासलाई झक झक्याउने काम गरिरहेको बताउनु भयो। उद्दारका कामहरु मोर्चाले धेरै गरेको छ तर दुई चार जना अपबाद बाहेक बाकी अवसरवादीहरु सम्पर्क बाहिर रहने गरेको बताउनु भयो। अप्ठ्यारो पर्दा संगठन चाहिने र सप्ठ्यारोमा लुक्दै हिड्ने जमात लाई पनि मोर्चाका इकाईहरुमा गोल्बन्द गराउन आवश्यक रहेको बताउनु भयो।

प्रमुख अतिथि रमेश गिरीले जनयुद्ध हुनुको मुख्य कारण प्रकाश पार्दै योजना बिहिन तर २०४८ सालबाट नै जनता माथिको दमन र संयुक्त जनमोर्चा नेपालले राखेका ४० बुदे मागहरू तत्कालीन नेपाली कंग्रेसको सरकारले बेवास्ता गर्दाको परिणाम थियो। त्यस्तै १७ हजार युवाहरूको शाहदात भैसक्दा पनि संविधान मार्फत जनमुक्ति सेनाको ब्यबस्थापन गर्नमा बाधा हाल्ने काम नेपाली कंग्रेसबाट भएको, जनताले चिनेर पछि घकेली भाइ कंग्रेस सत्तामा आए पनि योजना बिहिन नेतृत्व देशले प्राप्त गरेको हुँदा अहिले करिब ४५ लाख युवाहरूलाई बिदेशिनु परेको बताउनु भयो । साथै अबको विकल्प भनेको एकीकृत जनक्रान्ती मार्फत प्राप्त हुने बैज्ञानिक समाजवाद नै हो भन्नू भयो। नामको भ्रममा नपरी सम्पुर्ण युवाहरूलाई एकीकृत जनक्रान्तिमा गोलबन्द हुन आह्वान गर्नु भयो। इमान्दार बनौ र देश भित्र असल ब्यबस्थापनमा युवाले नै जोड दिनुपर्ने बताउनु भयो। देश बिदेश सबै ठाउँबाट MCC आतंकलाई निस्तेज पार्नु पर्ने बताउनु भयो।

सभालाई समापन गर्दै मोर्चा अध्यक्षले विभिन्न बाधा र अड्चनहरुको बिचमा उपस्थिति जनाएर देशमा परिवर्तन ल्याउन र बिदेशी हस्तक्षेपलाई चुनौती दिन सफल सम्पुर्ण सदस्यहरुलाइ धन्यवाद ज्ञापन गर्दै छिट्टै नै मोर्चाले रास्ट्रीयता र जनजिबिकाका सवालहरुलाई लिएर दूतावास जाने तयारी गरिरहेको जानकारी गराउनु भयो। हाजिरी जवाफ प्रतियोगिताको लागि प्रश्नको तयारी देखि प्रश्न सोध्ने सम्मको सम्पुर्ण काम अध्यक्ष आफैले गर्नु भएको थियो।

प्रतिकृया दिनुहोस्