News Portal

  • आज चर्चित सञ्चारकर्मी रवि लामिछाने झापा आउँदै

    रातोपोस्ट संवाददाता
    २२५ पटक

    झापा। भ्रष्टचार विरुद्धका सामाजिक अभियन्ता तथा न्यूज २४ टेलिभिजनको चर्चित कार्यक्रम सिधाकुरा जनतासँगका कार्यक्रम प्रस्तोता रवि लामिछाने आज  (आइतबार) झापा आउने भएका छन् ।

    सिधाकुरा जनतासँगका प्रोड्युसर दिपक बोहोरा सहित झापा आउन लागेका लामिछाने केही औपचारिक कार्यक्रम, भेटघाट र रिर्पोटिङका लागि झापा आउन लागेको जनाइएको छ ।

    लामिछानेलाई बिर्तामोड उद्योग वाणिज्य संघको नेतृत्वमा दर्जन बढी सामाजिक संघसंस्थाले स्वागत सम्मान गर्ने कार्यक्रम तय भएको छ ।

    उनलाई बिर्तामोडस्थित अतिथि सदनमा स्वागत सम्मान गरिने उद्योग वाणिज्य संघ प्रदेश नम्वर १ का सदस्य बलराम कार्कीले जानकारी दिए ।

    त्यस्तै, उनी चलचित्र ‘माइकल अधिकारी’ प्रोमोसन कार्यक्रममा समेत सहभागी हुने र केही रिपोर्टिङ समेत गर्ने गरि पूर्व आउन लागेको न्यूज २४ का झापा समाचारदाता राजु पौडेलले जानकारी दिए ।

    लामिछाने गोपीकृष्ण मुभिजले निर्माण गरेको चलचित्र ‘माइकल अधिकारी’को छायाङ्कन समापन भएसँगै अपरान्ह आयोजित कार्यक्रममा अतिथीका रुपमा सहभागी बन्नेछन् । माइकल अधिकारीको छायाङ्कन झापा र इलामका विभिन्न स्थानमा गरिएको छ ।

    प्रतिकृया दिनुहोस्